इरानमा सत्ता परिवर्तन लक्ष्य होइन, तर परिणाम हुन सक्छ : इजरायली प्रधानमन्त्री नेतन्याहू


प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि इजरायलले गरिरहेका आक्रमणहरूको उद्देश्य सत्ता परिवर्तन नभएको स्पष्ट पारेका छन्। बिहीबार इजरायलको सार्वजनिक टेलिभिजन कानसँगको अन्तर्वार्तामा बोल्दै नेतन्याहूले इरानी जनताको चाहनाबिना इरानको शासन परिवर्तन सम्भव नभएको बताए।

“शासन परिवर्तन वा पतनको कुरा सबैभन्दा पहिले इरानी जनताको विषय हो। यसको कुनै विकल्प छैन,” नेतन्याहूले भने, “त्यसैले मैले यसलाई हाम्रो उद्देश्यका रूपमा कहिल्यै प्रस्तुत गरेको छैन। यो परिणाम हुन सक्छ, तर यो हाम्रो घोषीत वा औपचारिक लक्ष्य होइन।”

तर, नेतन्याहूले इरानको आणविक पूर्वाधार नष्ट गर्ने पर्याप्त शक्ति इजरायलसँग रहेको दाबी गरे। उनले भने, “हामीसँग इरानका सबै आणविक पूर्वाधार नष्ट गर्ने क्षमता छ। अमेरिका सहभागी हुन्छ कि हुँदैन भन्ने निर्णय राष्ट्रपति ट्रम्पकै हो।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई साताभित्र इजरायलको इरानमाथिको सम्भावित कारबाहीमा अमेरिका सहभागी हुने कि नहुने भन्ने निर्णय गर्नेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्लेषकहरूले इरानको कोम नजिकै पहाडमुनि रहेको ‘फोर्डो फ्युल इनरिचमेन्ट प्लान्ट’ (जसलाई इरानको आणविक कार्यक्रमको गहना मानिन्छ) लाई नष्ट गर्न इजरायललाई अमेरिकी बंकर-बस्टिङ बमहरूको आवश्यकता पर्ने बताएका छन् ।

यस सन्दर्भमा नेतन्याहूले भने, “फोर्डोलाई अमेरिकाको सहयोगबिना पनि हटाउन सक्ने हाम्रो शक्ति छ। राष्ट्रपति के गर्नुहुन्छ त्यो उहाँको निर्णय हो। उहाँ अमेरिका हितमा काम गर्नुहुन्छ, म इजरायल हितमा। अहिलेको अवस्थासम्म सबैले आ-आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्।”

यसैबीच, बुधबार ट्रम्पले भनेका थिए, “अमेरिकासँग एक्लै फोर्डोलाई ध्वस्त पार्ने क्षमता छ। तर यसको मतलब म त्यो गर्नेछु भन्ने होइन । बिल्कुलै होइन।”

हाल इरान र इजरायलबीचको तनाव उच्च विन्दुमा पुगेको छ। इजरायलले इरानको आणविक कार्यक्रम आफू र विश्वका लागि खतरनाक भएको बताउँदै आएको छ भने इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com