महिला मित्रको बयान: बन्दुकधारी दयालु, स्नेही र शान्त थिए।


प्रकाशित मिति : आश्विन १९, २०७४ बिहीबार

अमेरिकाको लास भेगसमा ५८ जना मानिसको गोली हानी हत्या गरेका बन्दुकधारीले के योजना बनाइरहेका थिए भन्ने आफूलाई कुनै जानकारी नभएको उनकी महिला मित्रले बताएकी छन्।

बन्दूधारी र उनी महिला मित्र

बन्दुकधारी स्टिभन प्याडक एकजना शान्त, दयालु र स्नेही व्यक्ति भएको उनकी महिला मित्र मेरिलु ड्यान्लेले एउटा वक्तव्यमा उल्लेख गरेकी छन्।

प्याडकले एउटा साङ्गीतिक कार्यक्रममा गोली चलाएका बेला ड्यान्ले फिलिपिन्समा थिइन्।

अमेरिका पुगेपछि उनीसँग संघीय जाँच ब्यूरो एफबीइले सोधपुछ गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भाग्ने योजना

अनुसन्धानकर्ताहरुले घटना गराउनुका पछाडि बन्दुकधारीको आशय बुझ्न उनीमार्फत मद्दत पुग्ने आशा लिएका छन्।

प्रहरीले प्याडकले ‘गोप्य जीवन’ बिताइरहेको धारणा सार्वजनिक गरेको केही घण्टापछि ड्यान्लेको प्रतिक्रिया आएको छ।

आधुनिक अमेरिकाको इतिहासकै एउटा भयावह गोलीकाण्ड उनले किन गराए भन्ने अझै खुलेको छैन।

एफबीआइले अहिलेसम्म घटनाको सम्बन्ध आतंकवादसँगको रहेको तथ्य फेला नपरेको बताएको छ।

अधिकारीहरुले प्याडकले आफैमाथि गोली चलाउनुको साटो भाग्ने योजना बनाइरहेको हुनसक्ने बताए पनि त्यसबारे विस्तृत विवरण दिएका छैनन्।

चिन्ता

‍प्याडककी महिला साथी अमेरिका पुगिन्

होटलतस्वीर कपीराइटREUTERS
Image captionलास भेगसस्थित होटलका फुटेका झ्याल, जहाँबाट आक्रमणकारीले गोली चलाएका थिए

बिदा मनाउन फिलिपिन्स गएकी ड्यान्लेले त्यहाँबाट आफै फर्किएपछि बुधबार एफबीआइसँग कुरा गरेपश्चात प्याडकले गरेको ‘वर्णन गर्न नसकिने भयानक हिंसा’ बाट स्तब्ध भएको उल्लेख गरेकी छन्।

अमेरिकी अधिकारीहरुले आफ्नो अनुसन्धानमा उनलाई सन्दिग्ध व्यक्तिको रुपमा लिएको र घटना लगत्तै उनीसंग सम्पर्क गरेको जनाएका छन्।

प्याडकले ड्यान्ले फिलिपिन्समा रहेका बेला घर किन्न भन्दै उनलाई १ लाख अमेरिकी डलर पठाएका थिए।

ड्यान्लेले भनिन्, “म आभारी थिए, तर इमान्दारीपूर्वक भन्दा त्यो मबाट छुट्टिने उपाय हो भन्ने मेरो चिन्ता थियो।”

प्याडकले कसैकाविरुद्ध हिंसाको योजना बनाइरहेको कुरा आफूले कहिल्यै नचिताएको उनको भनाइ छ।

आक्रमणमा ५ सयभन्दा बढी मानिस घाइते भएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com