भारतले दियो एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेटलाई अनुमति


प्रकाशित मिति : असार ४, २०८२ बुधबार

भारत सरकारले एलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवालाई आधिकारिक रूपमा अनुमति दिएको छ। भारतका सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले यसलाई देशको ‘कनेक्टिभिटीको अर्को सीमा’को सुरुआत भनेका छन्।

स्टारलिङ्कले पृथ्वीको निम्न कक्षामा रहेका स्याटेलाइटमार्फत दुर्गम र पहुँचविहीन स्थानहरूमा उच्च गतिको इन्टरनेट सेवा पुर्याउने लक्ष्य राखेको छ। यसको सुरुआतसँगै भारतमा स्पेक्ट्रम बाँडफाँट, मूल्य निर्धारणजस्ता विषयमा व्यापक बहस सुरु भएको छ।

सञ्चारमन्त्री सिन्धियाले स्पेसएक्सकी अध्यक्ष तथा प्रमुख परिचालन अधिकृत ग्वेनी सटवेलसँग ‘फलदायी बैठक’ सम्पन्न भएको जानकारी दिएका छन्। उनले मङ्गलबार एक्समा लेख्दै भने, “सटवेलले भारतबाट स्टारलिङ्कलाई प्राप्त इजाजतपत्रको सराहना गर्नुभयो र यसलाई यात्राको उत्कृष्ट सुरुआत भन्नुभयो।”

यो निर्णय त्यतिबेला आएको हो, जब भारतका प्रमुख दुई टेलिकम कम्पनीहरू जिओ प्लेटफर्म्स र भारती एयरटेलले मार्चमा आफ्ना ग्राहकहरूलाई स्टारलिङ्क इन्टरनेट सेवा दिन स्पेसएक्ससँग सम्झौता गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबीच, एलन मस्कले जिओका मालिक तथा एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीसँग भारतमा स्याटेलाइट स्पेक्ट्रम वितरणका बारेमा छलफल गरिसकेका छन्।

हाल मस्कका व्यापारिक गतिविधिहरू भारतमा मुख्यतः एक्समा सीमित छन्, तर उनको इलेक्ट्रिक कार कम्पनी टेस्ला पनि भारतीय बजारमा छिर्ने तयारीमा छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com