४ दिनदेखि जारी युद्धपछि इरानले खोज्यो ट्रम्पको साथ, युद्धविरामका लागि दबाब दिन आग्रह


प्रकाशित मिति : असार २, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका विदेशमन्त्री अब्बास अराक्ची

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलमाथि दबाब दिन आग्रह गर्दै ४ दिनदेखि जारी विनाशकारी हवाई युद्धको अन्त्यको एक मात्र उपाय युद्धविराम गराउनु रहेको स्पष्ट पारेको छ।

इरानी विदेशमन्त्री अब्बास अराज्चीले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै भने, “यदि ट्रम्प साँच्चिकै कूटनीति चाहन्छन् भने इजरायलको आक्रमण तत्काल रोक्नुपर्छ। एउटा फोन कलले नेतन्याहुलाई रोक्न सक्छ, जसले कूटनीतिको ढोका खोल्न सक्छ।”

इजरायली सेनाले इरानी शहरहरूमा आक्रमण तीव्र बनाइरहेको छ। तेल अभिवले शुक्रबार सुरु गरेको आक्रमणमा इरानका उच्च सैनिक कमान्डरहरू र प्रमुख आणविक वैज्ञानिकहरू मारिएका थिए। त्यसपछि इजरायलले इरानी हवाई क्षेत्र नियन्त्रणमा लिएको दाबी गर्दै युद्ध झनै तीव्र बनाउने चेतावनी दिएको छ।

यसैबीच, इरानले पनि इतिहासमै पहिलो पटक इजरायली सुरक्षा प्रणाली भेद्दै क्षेप्यास्त्र आक्रमणको जवाफी कारबाही गर्यो । ती मिसाइलहरूले इजरायलको भित्री भूभागमा ठूलो क्षति पुर्‍याएको छ र कम्तीमा २४ जना इजरायली नागरिक मारिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरानले कतार, साउदी अरेबिया र ओमानमार्फत अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन्देश पठाएको छ कि उनीहरूले इजरायलमाथि तत्काल युद्धविराम गराउन दबाब दिनुपर्छ। यसको सट्टामा, इरान आणविक वार्तामा लचिलोपन देखाउन तयार रहेको इरानी र क्षेत्रीय स्रोतहरूले जनाएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सैनिकहरूलाई सम्बोधन गर्दै आफ्नो देश ‘विजयको बाटोमा’ रहेको घोषणा गरे। उनले भने, “हामी इरानको आणविक कार्यक्रम समाप्त गर्ने र त्यसका क्षेप्यास्त्रहरू नष्ट गर्ने लक्ष्यमा छौं। तेहरानका नागरिकहरूलाई भनिन्छ—‘खाली गर’। हामी कारबाही गरिरहेका छौं।”

इरानका अनुसार अहिलेसम्म २२४ भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ, जसमध्ये धेरैजसो सर्वसाधारण हुन्। इरानका प्रमुख शहरहरूमा महिलाहरू, बालबालिका र वृद्धहरू गम्भीर घाइते भएका छन्। सरकारी टेलिभिजनले राष्ट्रपति भवनका भग्नावशेष, जलेका सवारीसाधनहरू, चर्किएका सडकहरू र अराजक अवस्थाका दृश्यहरू प्रसारण गरिरहेको छ।

राजधानी तेहरानमा मानिसहरू डरले भाग्ने प्रयास गरिरहेका छन्। पेट्रोल पम्पहरूमा लाम र बैंक मेशिनमा नगद नहुनु सामान्य भएको छ। एक स्थानीय सरकारी कर्मचारी घोलामरेजा मोहम्मदीले भने, “हामी भान्साको टेबलमुनि लुक्यौं। मेरा बच्चाहरू रातभर सुत्दैनन्। हामीसँग अब जाने ठाउँ छैन।”

इरानी आक्रमणमा इजरायलमा २४ जनाको ज्यान गइसकेको छ, सबै सर्वसाधारण हुन्। उद्धार टोलीहरूले भत्किएका घरहरूमा उद्धार कार्य जारी राखेका छन्। राजधानी तेल अभिवका एक ३१ वर्षीय शेफ गायडो टेटलबाउमले भने, “डर लाग्दो अवस्था छ। के हुने हो थाहा छैन। यो सुरु मात्रै हुन सक्छ, या अझ खराब हुन सक्छ — अनिश्चितता नै सबैभन्दा डरलाग्दो हो।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com