एयर इन्डिया विमान दुर्घटना : २७१ जनाको मृत्यु, अमेरिकी टोलीले थाल्यो अनुसन्धान


प्रकाशित मिति : असार १, २०८२ आईतबार

एयर इन्डियाको विमान दुर्घटनामा परी कम्तीमा २७१ जनाको मृत्यु भएपछि अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) र संघीय उड्डयन प्रशासन (एफएए) का अधिकारीहरू भारतको गुजरात राज्यको अहमदाबाद पुगेका छन्। बिहीबार बेलुकी भएको यस दुर्घटनालाई पछिल्लो एक दशकको सबैभन्दा भयावह विमान दुर्घटनाको रूपमा लिइएको छ।

बोइङ ७८७–८ ड्रीमलाइनर विमान, जसमा २४२ जना सवार थिए । लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भरेको केही सेकेन्डमै उचाइ गुमाउँदै अहमदाबादको आवासीय क्षेत्रमा खस्यो । विमान जमिनमा ठोक्किएर विस्फोट हुँदा भवनहरूमा पनि क्षति पुगेको छ। प्रारम्भिक जानकारीअनुसार विमानमा रहेका यात्रुहरूमध्ये एक जनाबाहेक सबैको घटनास्थलमै मृत्यु भएको थियो।

यस्तै, झण्डै ३० जना जमिनमै रहेका स्थानीय बासिन्दाहरूको पनि मृत्यु भएको छ। अस्पतालमा दर्जनौं घाइतेहरू उपचाररत छन्।

दुर्घटनापछि अमेरिका स्थित एनटीएसबी र एफएएका उच्च अधिकारीहरू घटनास्थलमा पुगेर दुर्घटनाको प्रारम्भिक अवलोकन गरेका छन्। उनीहरूसँगै बोइङ र जीई कम्पनीका प्राविधिक विज्ञहरूको टोली पनि घटनास्थलमा पुगेको छ। बोइङले उक्त विमानमा प्रयोग भएको इन्जिन, अवतरण कोण, फ्ल्याप प्रणाली, इन्जिन थ्रस्ट, र ल्यान्डिङ गियर खुला रहेको अवस्थाबारे जाँच गर्ने बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी यातायात सचिव सीन डफीले शुक्रबार पत्रकार सम्मेलनमा एफएए र एनटीएसबी बाट विशेषज्ञ टोली भारत पठाउने निर्णय गरिएको जानकारी दिएका थिए। ‘एनटीएसबीको अनुसन्धानबाट कुनै सिफारिस आएमा त्यसमा आवश्यक कार्यान्वयन गरिनेछ’, डफीले बताए।

भारतीय उड्डयन नियामक (डीजीसीए) ले घटनाको छानबिनको नेतृत्व गर्नेछ भने एनटीएसबी र एफएए प्राविधिक तथा अनुसन्धान सहयोगमा रहनेछन्। एफएएले बोइङ ७८७ मोडलका सबै विमानको विशेष निरीक्षण गर्न स्थानीय वायुसेवा कम्पनीहरूलाई आदेश दिएको छ।

अहमदाबादस्थित मुख्य अस्पतालका अनुसार जलेका शवहरूको पहिचानमा कठिनाइ भएको छ। डाक्टरहरूले दन्त परीक्षण र डीएनए प्रोफाइलिङमार्फत शवहरू पहिचान गर्ने प्रयास गरिरहेका छन्। अस्पतालका अतिरिक्त प्रहरी अधीक्षक रजनीश पटेलका अनुसार अहिलेसम्म ३२ जनाको डीएनए नमूना सफलतापूर्वक मिलाइएको छ।

‘जसका डीएनए मिलाइएको छ, ती शवहरूलाई सम्मानपूर्वक परिवारको जिम्मा लगाइएको छ’, उनले भने।

यो दुर्घटनाले एयर इन्डियाका लागि गम्भीर चुनौती खडा गरेको छ। विगत केही वर्षदेखि विमान बेडाको आधुनिकीकरणमा लागिरहेको एयर इन्डिया अहिले यात्रु सुरक्षाका सवालमा चर्को आलोचनामा परेको छ। उता, बोइङका लागि पनि यो दुर्घटना थप संकट बनेको छ, जसले हालसालै अन्य उत्पादन र सुरक्षा समस्या खेपिरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com