अमेरिकाको मिनेसोटा राज्यकी पूर्व सभामुख होर्टम्यानको हत्या, पति पनि मारिए


प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शनिबार

अमेरिकाको मिनेसोटामा दुई राज्य सांसदहरूलाई लक्षित गरी गोली प्रहार भएको छ । गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । यस आक्रमणमा मिनेसोटा राज्यकी पूर्व सभामुख मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ ।

डेमोक्र्याट पार्टीकी ५५ वर्षीया होर्टम्यानको शव ब्रुकलिन पार्कस्थित घरमा भेटिएको हो । उनीसँगै उनका पतिको पनि हत्या गरिएको छ ।

यस आक्रमणसँग सम्बन्धित अर्को घटनामा डेमोक्र्याट राज्य सिनेटर ६० वर्षीय जोन होफम्यान र उनकी श्रीमतीलाई उनीहरूकै घरमा गोली प्रहार गरिएको थियो ।

उनीहरू मिनियापोलिस नजिकैको अर्को शहरमा बसोबास गर्दै आएका थिए। होफम्यानको शल्यक्रिया सफल भएको र अहिले अवस्था स्थिर रहेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई राज्य सांसदहरूलाई लक्षित गरी गरिएको आक्रमणलाई गभर्नर टिम वाल्जले ‘राजनीतिक उद्देश्यप्रेरित हिंसात्मक हमला’ को संज्ञा दिएका छन्।

प्रहरीका अनुसार आक्रमणकारी ५७ वर्षीय भ्यान्स लुथर बोएल्टर नामका व्यक्ति हुन् । उनले आफैलाई प्रहरी अधिकारीको रूपमा चिनाएर पीडितहरूको घरभित्र छिरेका थिए ।

उनी प्रहरी पोशाकमा थिए र प्रहरी सवारीजस्तै देखिने गाडी प्रयोग गरिरहेका थिए । गाडीमा इमर्जेन्सी लाइटसमेत जडित थियो।

पुलिस र आक्रमणकारीबीच होर्टम्यानको घरमा गोली हानाहान भएको पुष्टि गरिएको छ । तर आरोपी घटनास्थलबाट भाग्न सफल भएको बताइएको छ ।

ब्रुकलिन पार्कका प्रहरी प्रमुख मार्क ब्रुलेका अनुसार एफबीआई, स्वाट र सयौं सुरक्षाकर्मीहरूको सहयोगमा आक्रमणकारीको खोजी कार्य तीव्र रुपमा भइरहेको छ । पुलिसले बोएल्टरको गाडी फेला पारेको छ ।

यदि कुनै प्रहरी अधिकारी ढोका ढकढक्याउँछन् भने दुई जना सँगै हुनु आवश्यक छ भन्ने चेतावनी नागरिकलाई दिइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै यसप्रकारको भयावह हिंसा अमेरिका मा सहन सकिँदैन भनेका छन । उनले संलग्न सबैलाई कडा कानुनी सजाय दिइने बताएका छन ।

राज्यका सार्वजनिक सुरक्षा आयुक्त बब जैकबसनले यो मिनेसोटाका लागि एक अँध्यारो दिन हो भनेका छन । तर हामी डर वा हिंसाले हाम्रो भविष्य तय गर्न दिने छैनौं भनेर दावी गरेका छन ।

गभर्नर वाल्जले राज्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरेका छन् । उनले होर्टम्यानलाई ‘मिनेसोटाकी महान नेतृ’र ‘व्यक्तिगत रूपमा सबैभन्दा प्रिय मित्र’ को रूपमा सम्झेका छन्।

होर्टम्यान सन् २००४ मा मिनेसोटा राज्यको सभासद बनेकी थिइन् ।

२०१९ देखि २०२५ सम्म सभामुखको भूमिकामा रहिन् । उनले महिला अधिकार संरक्षण, स्वच्छ उर्जामा लगानी, र बालबालिकाका लागि निःशुल्क स्कुल खाना कार्यक्रमका लागि काम गरेकी थिइन् । उनी दुई सन्तानकी आमा थिइन्। उनका पति मार्क पनि यस आक्रमणमा मारिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com