अब कहिल्यै फर्केर आउने छैनन् ‘आमा… फर्केर आएसँगै फोन गर्छु’ भनेकी एयर होस्टेस मनीषा


प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

तस्बिर : ग्रोक-एआई

‘आमा…! प्लेन टेकअफ हुन लागेको छ, फर्केर आएसँगै कुरा गरौँला ‘ – एयर होस्टेस मनीषा थापाले बिहीबार बिहान आमासँग गरेको यो अन्तिम कुराकानी थियो। तर, अब उनी फर्केर कहिल्यै आउने छैनन् ।

लन्डन उड्न लागेको एअर इन्डियाको विमान बिहीबारमा दुर्घटनाग्रस्त हुँदा मनीषाको पनि मृत्यु भएको छ।

तीन वर्षदेखि एअर इन्डियामा कार्यरत २५ वर्षीया मनीषा थापा उक्त विमानको चालकदल (क्रू) सदस्यको रूपमा सवार थिइन्। उनी विमानमा कार्यरत सबैभन्दा कान्छी होस्टेसमध्ये एक थिइन्। उनले सन् २०१७ मा पटना स्थित इण्डिगो एयरलाइन्समा आफ्नो करिअर सुरु गरेकी थिइन्, र त्यसपछि कोरोना महामारीपछि एअर इन्डियामा समाहित हुँदै अहमदाबादमा बसोबास गर्न थालेकी थिइन्।

दुर्घटनाको खबर आउनासाथ मनीषाको परिवार शोकमा डुबेको छ। उनकी आमा लक्ष्मी थापा र बुबा राजु थापा (जो हाल बिहार प्रहरीमा एसआईका रूपमा बेगुसरायमा कार्यरत छन्) तुरुन्तै अहमदाबादतर्फ लागे । भाइ अमित थापाका अनुसार, “दिदीको शव अहिलेसम्म फेला परेको छैन। शवगृहमा केही शव छन्, तर चिन्न गाह्रो छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मनीषाको घरपट्टी पटना, जगदेव पथ स्थित महुआ बगैंचामा छ। अहिले घरमा शोक छाएको छ। सारा परिवार र आफन्तहरू टोलाइरहेका छन्। खासगरी उनकी ८० वर्षीया हजुरआमा शान्तिदेवीको मन भक्कानिएको छ।

“मलाई सधैँ फोन गर्थी । यसपटक आएपछि तिमीलाई लुगा ल्याउँछु, मिठाइ ल्याउँछु भन्थी’, शान्ति देवी भन्छिन्- ‘म भन्थेँ, केही नल्याऊ नानी, तिमी आउ। अब त ऊ कहिल्यै आउने छैन।’

मनीषा केही महिनाअघि होली मनाउन घर आएकी थिइन्। त्यो नै उनीसँगको अन्तिम भेट थियो। घरमा रमाइलो थियो। सबै आफन्तहरूसँग भेट्ने उनको बानी थियो। उनका काका बब्लु थापाले भने – ‘हामीले सोचेका थियौँ, यसपालि दशैंमा फेरि आउँछे, तर अब त्यो दिन कहिल्यै आउने छैन।’

भतिजा रितेश थापाका अनुसार – ‘उड्नु अघि मात्र हाम्रो पसलबाट मोबाइल किनेर गएकी थिइन्। निकै हँसिली थिइन् ।’

मनीषाले सानैदेखि हवाई यात्रामा रुचि राख्थिन्। पढाइ सकेर उनले एयर होस्टेस बन्ने सपना देखेकी थिइन्। त्यो सपना साकार पनि भयो, तर नियतिलाई यो सह्य भएन। लन्डन उडानको क्रममा भएको दुर्घटनाले उनको सपना चिहानमा परिणत गरिदिएको छ।

हाल मनीषाका बुबा र भाइ अहमदाबादमा छन्। उनीहरू शवगृह बाहिर बसेर मनीषाको पहिचान हुने कुनै चिह्न खोजिरहेका छन्।

‘अब त केही माग्दैनौँ, बस् एउटै माग छ – छोरीको शव भेटियोस्, – बुबा राजु थापा भन्छन्।

यस दुर्घटनामा परेका सबै यात्रुहरूमा एक जनाबाहेक कसैको जीवन बाँचेको छैन। अधिकांश शवहरू चिनिन नसक्ने अवस्थामा छन्।

एयर इण्डिया विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २६० पुगेको बताइएको छ। विमानको ‘ब्ल्याक बक्स’ दुर्घटनास्थल रहेको मेडिकल होस्टेलको छतबाट शुक्रबार बिहान फेला पारिएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)ले पूर्ण अनुसन्धान सुरु गरिसकेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com