विमान दुर्घटनामा ज्यान गुमाउनेका प्रत्येक परिवारलाई टाटा समूहले एक करोड दिने, घाइतेको उपचार खर्च समेत बेहोर्ने


प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

(250612) — AHMEDABAD, June 12, 2025 (Xinhua) — Rescuers carry the body of a victim at the site of an Air India plane crash in Ahmedabad of India’s Gujarat state, June 12, 2025. India’s foreign ministry said a lot of people have lost their lives in the plane crash with 242 people on board the flight to London in the western state of Gujarat. (Str/Xinhua)

टाटा समूहले अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डिया विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको परिवारलाई जनही १–१ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ। साथै, उक्त दुर्घटनामा घाइते भएका सबै यात्रुहरूको सम्पूर्ण उपचार खर्च पनि टाटा समूहले नै व्यहोर्ने जनाएको छ।

एयर इन्डिया, जुन टाटा समूह अन्तर्गतको विमानसेवा कम्पनी हो । एयर इन्डिया फ्लाइट- १७१ अहमदाबाद विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा कम्तीमा २०४ यात्रुको ज्यान गएको पुष्टि गरिएको छ भने कैयौं यात्रु गम्भीर घाइते भएका छन्।

टाटा सन्स र एयर इन्डियाका अध्यक्ष एन. चन्द्रशेखरनको भनाइ उद्धृत गर्दै टाटाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेको छ,
“हामी एयर इन्डिया फ्लाइट १७१ सँग सम्बन्धित भयावह घटनाबाट अत्यन्त दुखित छौं। यस क्षणमा हामीले महसुस गरिरहेको पीडालाई शब्दमा व्यक्त गर्न सक्दैनौं। हाम्रो समवेदना र प्रार्थना ती परिवारहरूसँग छ जसले आफ्ना प्रियजन गुमाएका छन्, साथै जो घाइते भएका छन्।”

पोस्टमा थप भनिएको छ, “टाटा समूहले यस दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँको सहायता रकम प्रदान गर्नेछ। साथै, घाइतेहरूको उपचारको सम्पूर्ण खर्च हामी व्यहोर्नेछौं। हामी यो पनि सुनिश्चित गर्नेछौं कि सबै घाइतेहरूले आवश्यक स्याहार र सहायता पाउनेछन्। साथै, टाटा समूह बी. जे. मेडिकल कलेजको होस्टल निर्माणमा पनि आर्थिक सहयोग प्रदान गर्नेछ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म सरकारले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ भने प्रारम्भिक अनुमान अनुसार प्रविधिमा गडबडी वा पाइलट त्रुटि हुन सक्ने आशंका गरिएको छ।

गत साता बेलुकीको समयमा एयर इन्डिया फ्लाइट १७१ ले मुम्बईबाट अहमदाबादतर्फ उडान भरेको थियो। अवतरणको क्रममा मौसम प्रतिकूल हुनुका साथै प्रविधिगत समस्या उत्पन्न भएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ। विमान रनवेमा अवतरण गर्न नसकी असन्तुलित हुँदै टर्मिनल नजिकै दुर्घटनाग्रस्त भएको हो।

यस घटनाले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनाएको छ। उद्धार टोली, दमकल, एम्बुलेन्स तथा स्वास्थ्यकर्मीहरू तत्काल घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेका थिए। घाइतेहरूलाई तत्काल नजिकको अस्पतालमा भर्ना गरिएको थियो।

भारत सरकार र नागरिक उड्डयन मन्त्रालयले घटना गम्भीर रुपमा लिएर उच्चस्तरीय अनुसन्धान समिति गठन गरिसकेको छ। एयर इन्डियाले पीडित परिवारहरूसँग सम्पर्क राखिरहेको छ र मनोवैज्ञानिक तथा कानुनी सहायता पनि प्रदान गरिने जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com