भारतको अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको विमान दुर्घटना, २४२ यात्रु थिए सवार


प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

एयर इण्डियाको साङ्केतिक तस्बिर

बिहीबार अपराह्न भारतको अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उडेको एयर इन्डियाको बी७८७ विमान भीटी-एएनबी दुर्घटनामा परेको छ। फ्लाइट नम्बर एआई १७१ ले दिउँसो १ ३८ बजे उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको हो। विमानमा २४२ यात्रु सवार थिए, साथै २ जना पाइलट र १० जना क्याबिन क्रू पनि जहाजमै थिए।

प्रारम्भिक जानकारी अनुसार, विमानले उडान भरेको पाँच मिनेटपछि मेघानी नगर क्षेत्रको नजिक दुर्घटना भएको हो। उक्त क्षेत्र घना बस्ती भएको रिहायशी इलाका भएकाले दुर्घटनापछि व्यापक चिन्ता र त्रास फैलिएको छ।

दुर्घटनापछि धेरै किलोमिटरसम्म धुवाँका मुस्ला देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। अहिले घटनास्थलमा अहमदाबाद अग्निशमन विभागका पाँचभन्दा बढी दमकल सवारीसाधन खटिइसकेका छन्। अग्नि नियन्त्रणका उपायहरू सक्रिय रूपमा अगाडि बढाइएको बताइएको छ।

विमानका प्रमुख पाइलट क्याप्टेन सुमीत सभरवाल थिए भने सह(पाइलट फर्स्ट अफिसर क्लाइव कुन्दरसँगै थिए। दुबैको अवस्था हालसम्म सार्वजनिक गरिएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुर्घटनाको जानकारी पाएपछि भारतका गृहमन्त्री अमित शाहले तुरुन्तै गुजरातका मुख्यमन्त्री, गृहमन्त्री तथा पुलिस कमिश्नरसँग फोन वार्ता गरेका छन्। उनले केन्द्र सरकारबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।

अहमदाबाद फायर ब्रिगेड र आपतकालीन सेवा विभाग सक्रिय रूपमा घटनास्थलमा कार्यरत छन्। प्रारम्भिक जानकारी अनुसार, घटना उडानको नियमित प्रक्रियाकै क्रममा भएको हो। दुर्घटनापछि नागरिक उड्डयन महानिदेशालयले अनुसन्धान सुरु गरिसकेको छ। विमानस्थल प्रशासनले आन्तरिक प्राविधिक अनुसन्धान पनि थालेको छ।

हालसम्म कुनै पनि यात्रु घाइते वा मृत भएको पुष्टि भएको छैन। उद्धार कार्य जारी छ र यात्रुहरूको अवस्थाबारे जानकारी संकलन भैरहेको छ। विमानमा भएको क्षति र दुर्घटनाको कारणको औपचारिक पुष्टि हुन बाँकी छ।

दुर्घटनाको आवाज निकै ठूलो रहेको र आकाशतर्फ हेर्दा बाक्लो कालो धुवाँ देखिएको स्थानीयहरूले बताएका छन्। मेघानी नगर क्षेत्रको केही भागमा त्रासका कारण मानिसहरू घर बाहिर निस्केका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com