टिकटक स्टार खाबी लामलाई पक्राउ गरी अमेरिकाबाट देश निकाला, कारण के हो ?


प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार

देश निकाला

विश्वभर सबैभन्दा धेरै फलोअर भएका टिकटक स्टार खाबी लामलाई अमेरिकामा आप्रवासन उल्लंघनको आरोपमा पक्राउ गरी देश निकाला गरिएको छ। ट्रम्प समर्थक अमेरिकी युवा इनफ्लुएन्सर बो लाउडनले यस घटनाको श्रेय आफूलाई दिंदै ‘मैले व्यक्तिगत रूपमा उनलाई हटाउने व्यवस्था गरे” भनी दाबी गरेका छन्।

खाबी लाम (२५), जो सेनेगालमा जन्मिएका र बाल्यकालदेखि इटालीमा बसोबास गर्दै आएका छन् । झन्डै १६ करोड फलोअर सहित टिकटकका सबैभन्दा चर्चित अनुहारमध्ये एक हुन्। उनीले हास्य र मौन भिडियोहरू बनाई इन्टरनेटमा अपार लोकप्रियता कमाएका छन्।

अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस)ले एक आधिकारिक वक्तव्यमा भनेको छ, लाम अप्रिल ३० मा पर्यटक भिसामा अमेरिका प्रवेश गरेका थिए, तर उनले भिसाको म्याद उल्लंघन गरी कानुनी रूपमा बस्न मिल्ने सीमाभन्दा बढी समय बिताएका थिए। उनलाई शुक्रबार लास भेगासस्थित ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी स्वेच्छिक रूपमा देश बाहिर जान अनुमति दिइएको थियो।

घटनालाई थप राजनीतिक रंग दिन पुगेका छन् इनफ्लुएन्सर तथा ट्रम्प समर्थक युवा बो लाउडन, जसले एक्समा लेखेका छन्, “मलाई थाहा भयो कि उनी गैरकानुनी रूपमा बसिरहेका थिए। अनि मैले ट्रम्प प्रशासनका केही साथीहरूलाई खबर गरेँ, त्यसपछि यस्तो छिटो कारबाही भएको मैले कहिल्यै देखेको थिइनँ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लाउडन, जसले आफू राष्ट्रपति ट्रम्पका छोरा बेरोन ट्रम्पका नजिकका साथी भएको दाबी गर्छन् । उनले खाबी लामलाई “वामपन्थी इनफ्लुएन्सर” भएको आरोप लगाउँदै ट्रम्प विरोधी भएको दावी पनि गरे। यद्यपि, खाबी लामले कहिल्यै कुनै राजनीतिक धारणा सार्वजनिक रूपमा अभिव्यक्त गरेका छैनन्।

खाबी लामले यी घटनाक्रमबारे कुनै टिप्पणी गरेका छैनन्, तर उनले सामाजिक सञ्जालमा सक्रियता जारी राखेका छन्। हालै मात्र उनले ब्राजिलको साओ पाउलोबाट एक इन्स्टाग्राम स्टोरी पोष्ट गरेका थिए, जसले उनी अहिले त्यहाँ रहेको देखाउँछ।

उनका पूर्वकानूनी सल्लाहकार रिकार्डो लान्जोले बताएअनुसार, लाम पछिल्ला महिनाहरूमा अमेरिका भ्रमणमा नियमित थिए, तर उनको भिसा अवस्थाबारे अस्पष्टता थियो। “उनी धेरै समय अमेरिका बसेका थिए, तर भिसाको शर्त उल्लंघन भएको हुनसक्छ,” लान्जोले भने।

खाबी लामले अमेरिकाभर भ्रमण गर्दै टुबी स्ट्रिमिङ सेवा अन्तर्गत “Khaby Is Coming To America” नामक टिभी शोमा अभिनय गरेका थिए। उनले हलिउड फिल्ममा क्यामियो रोल पनि गरेका थिए र फेसन ब्रान्डहरूसँग विभिन्न सम्झौताहरूमा समेत सामेल भएका थिए।

उनको इन्टरनेट करियर विशेष गरी जीवनका जटिल समस्याहरूलाई हास्य शैलीमा सजिलो समाधान देखाएर सुरु भएको थियो। उनले शब्दबिना नै बनाएका रिएक्सन भिडियोहरूले उनलाई विश्वव्यापी लोकप्रियता दिलाएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com