३ वर्षदेखि अमेरिकामा सम्पर्कविहीन भएका लक्ष्मण केसीको खोजीमा सघाउन परिवारको अपिल


प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार

अमेरिकामा ३ वर्षदेखि सम्पर्कविहीन भएका लक्ष्मण केसीको खोजीका लागि उनको परिवारले अपिल गरेको छ। ३४ वर्षीय नेपाली-अमेरिकी लक्ष्मण केसी सन् २०२२ देखि परिवारको सम्पर्कमा नरहेको उनको परिवारले जनाएको छ। तीन वर्षदेखि सम्पर्क नहुँदा विचलित बनेको परिवारले उनको खोजीका लागि नेपाली-अमेरिकी समुदायसँग सहयोग मागिरहेको छ।

परिवारले दिएको जानकारीअनुसार सन् १९९० मा नेपालको गुल्मीमा जन्मेका उनी अमेरिकी नागरिक हुन्। उनले लुसिटानिया विश्वविद्यालयमा अध्ययन गरेका थिए। लस एन्जलस र सान्ता क्लारामा सेल्सपर्सन र व्यवसायी साझेदारका रूपमा काम गरेका उनले सान्ता क्लाराको उपनगरीय क्षेत्रमा एउटा सानो व्यवसाय सञ्चालन गर्थे र लस एन्जलसको डाउनटाउनमा साथीसँग मिलेर ग्लास पाइप बिक्री गर्थे।

उनको परिवारले लस एन्जलस प्रहरी विभागसँग सम्पर्क गर्दा लक्ष्मण अन्तिम पटक सान्ता क्लारामा देखिएको जानकारी प्राप्त भयो। हराइरहेका व्यक्तिहरूको इकाईले उनको पछिल्लो तस्बिर उपलब्ध गराएको थियो। उनको अन्तिम ज्ञात ठेगाना १११५३ फेरिना स्ट्रिट, नर्वाक, क्यालिफोर्निया ९०६५० रहेको जनाइएको छ।

लस एन्जलसमा उनलाई चिन्ने नेपालीहरूका अनुसार लक्ष्मण अन्तिम पटक लस एन्जलसबाट साक्रामेन्टो डेलिभरीका लागि ट्रक नम्बर ०८२४४टी२ मा गएका थिए। त्यसपछि उनको कुनै अत्तोपत्तो छैन। उनको ट्रक पछि एकजना नेपालीको ग्यारेजमा पार्क गरिएको अवस्थामा फेला परेको थियो, जहाँ उनको चाबी र ४ हजार डलर नगद टेबुलमा छोडिएको पारिवारिक स्रोतको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केसी परिवारले लक्ष्मणलाई खोज्न हरसम्भव प्रयास गर्दै लस एन्जलस प्रहरी र सान्ता क्लारा काउन्टी शेरिफको कार्यालयसँग सम्पर्क गरेको जनाएको छ। अब उनीहरूले अमेरिकी सरकार, प्रहरी र गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकासहित सम्पूर्ण नेपाली समुदायसँग सहयोगको अपिल गरेका छन्।

“लक्ष्मण, हामी तिमीलाई कुनै मूल्याङ्कन गर्न आएका होइनौँ। यदि तिमी जीवित छौ तर सम्पर्कमा आउन चाहँदैनौ भने कृपया हामीलाई तिमी सुरक्षित भएको मात्र बताइदेऊ। हामी तिम्रो इच्छाको सम्मान गर्नेछौँ—हामीलाई केवल मनको शान्ति चाहिएको छ,” उनको परिवारले भनेको छ।

यदि लक्ष्मणबारे कुनै जानकारी भएमा वा स्वयं लक्ष्मणले सम्पर्क गर्न चाहेमा जापानमा सरु केसीलाई +८१ ७०८ ५६४ ४६८५, नेपालमा बुबाआमालाई +९७७ ९८४८४७८९०९, र अमेरिकामा सूर्य थापालाई +१ ३४७ ९२५ ३४१३ सम्पर्क गर्न सकिनेछ ।

केसी परिवारले विशेषगरी नेपाली-अमेरिकी समुदायलाई कुनै जानकारी भए प्रहरी वा परिवारलाई सिधै सम्पर्क गर्न आग्रह गरेको छ। “तपाईंको एउटा फोन कलले सबै कुरा बदल्न सक्छ,” उनीहरूले भनेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com