अमेरिकामा आँधीका कारण २ जनाको मृत्यु, सावधानी अपनाउन आग्रह
प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार

ROLLING FORK, MS – MARCH 25: Damage from a series of powerful storms and at least one tornado is seen on March 25, 2023 in Rolling Fork, Mississippi. At least 26 people have reportedly been killed with dozens more injured following devastating storms across western Mississippi and Alabama on Friday night. Will Newton/Getty Images/AFP (Photo by Will Newton / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
अमेरिकामा आएको आँधीका कारण २ जनाको मृत्यु भएको छ ।
दक्षिणी अमेरिकी क्षेत्रमा सप्ताहन्तभरि आएको भीषण आँधीका कारण दुई जनाको मृत्यु भएको हो । हजारौं मानिसहरू विद्युत् आपूर्ति बन्द हुँदा प्रभावित भएका छन्।
आँधीबेहरीले रूख र बिजुलीका पोलहरू ढालेको छ । भारी वर्षा, असिना र तीव्र हावा आएका कारण प्रभावित हुनु परेको हो ।
टेक्सासदेखि साउथ क्यारोलिना सम्मको क्षेत्रमा करिब १ लाख ५०हजार मानिसहरू विद्युत् सेवा बिना बस्नुपरेको छ ।
मिसिसिपी राज्यका गभर्नर टेट रीभ्सका अनुसार लाफायेट काउन्टीमा एक जनाको मृत्यु भएको हो । रूख गाडीमाथि खसेका कारण उनको ज्यान गएको बताइएको छ ।
जर्जियाका गभर्नर ब्रायन केम्पले बैंक्स काउन्टीमा गाडीमाथि रूख खस्दा एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आँधीका कारण ज्यान गुमाएका जर्जियाली परिवारप्रति केम्पले समवेदना प्रकट गरेका छन ।
अर्कान्सासको पश्चिमी सहर भ्यान बुरेनमा टर्नाडोले धेरै घरहरूमा क्षति पुर्याएको छ । त्यहाँ एक जना घाइते भएको राष्ट्रिय मौसम सेवाले जनाएको छ।
राष्ट्रिय मौसम सेवा अनुसार विशेषगरी दक्षिण पश्चिम ओक्लाहोमा र उत्तर टेक्सासमा १०० माइल प्रतिघण्टासम्मको विनाशकारी हावा, पाँच इन्चसम्मको ठूलो असिना र केही टर्नाडो आउन सक्ने सम्भावना छ ।
प्रभावित क्षेत्रहरूमा सतर्कता अपनाउन तथा आवश्यक सावधानी अपनाउन स्थानीय अधिकारीहरूले आग्रह गरेका छन्।