युक्रेनमाथि रोकिएन रुसी आक्रमण, शनिबार बिहान भएको हमलामा ५ जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ २४, २०८२ शनिबार

फाइल तस्बिर

युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी नागरिक घाइते भएका छन् ।

खार्किभ सहरका मेयर इहोर टेरेखोभका अनुसार, यो सहरले हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणको सामना गरेको छ । बिहान करिब चार बजे सुरु भएको आक्रमणमा ४८ वटा ड्रोन, दुई वटा मिसाइल र चार वटा बम प्रयोग गरिएको जानकारी उनले दिए । खार्किभमा मात्र तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको जनाइएको छ ।

त्यसैगरी, खेरसोनमा तोपखानाको प्रहारबाट एक दम्पतीको मृत्यु भएको र दुई भवनमा क्षति पुगेको छ । ड्निप्रो सहरमा दुई जना महिला घाइते भएका छन् भने लुत्स्कमा शुक्रबारको आक्रमणमा घाइते एक युवतीको मृत्यु भएको पुष्टि गरिएको छ ।

आक्रमणपछि उद्धारकर्मीहरू सक्रिय रुपमा प्रभावित क्षेत्रहरूमा काम गरिरहेका छन् । अधिकारीहरूले घाइतेहरूको उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसले पछिल्ला दिनहरूमा युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ । उता युक्रेनले युद्धविरामको प्रस्ताव राखे पनि रुसले अझै त्यसमा सकारात्मक प्रतिक्रिया दिएको छैन । अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण समाधानको बाटो रोज्न आग्रह गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com