अमेरिकाले यात्रामा प्रतिबन्ध लगाएपछि इरानको आपत्ति, ‘जातीय पूर्वाग्रही सोच’को आरोप


प्रकाशित मिति : जेष्ठ २४, २०८२ शनिबार

इरानले अमेरिकाले आफू र अन्य ११ मध्यपूर्व तथा अफ्रिकी मुलुकहरूका नागरिकहरूमाथि लगाएको यात्रा प्रतिबन्धको कडा आलोचना गर्दै उक्त निर्णयलाई ‘जातीय पूर्वाग्रही मानसिकताको प्रतिविम्ब’ भएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरी पहिलेको कार्यकालमा लागू गरिएको जस्तै व्यापक प्रतिबन्धहरू पुनः लागू गर्ने घोषणा गरेका थिए । उक्त निर्णय कोलोराडोमा आयोजित एक इजरायल समर्थक भेलामा भएको आगजनी आक्रमणपछि राष्ट्रिय सुरक्षाको आधारमा गरिएको हो ।

इरानी विदेश मन्त्रालयअन्तर्गत विदेशस्थित इरानी नागरिक मामिलाका महानिर्देशक अलिरेज़ा हाशेमी–रजा का अनुसार, जुन ९ देखि लागू हुने यो प्रतिबन्ध ‘अमेरिकी नीतिनिर्माताहरूमा जातीय श्रेष्ठताको सोच हाबी भएको स्पष्ट सङ्केत’ हो ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो निर्णयले इरानी तथा मुस्लिम समुदायप्रति अमेरिकी नीतिनिर्माताहरूको गहिरो वैरभाव दर्शाउँछ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरानबाहेक, प्रतिबन्ध लाग्ने अन्य देशहरूमा अफगानिस्तान, म्यानमा, चाड, कङ्गो (ब्राजाभिल), इक्वेटोरियल गिनी, एरिट्रिया, हेइटी, लिबिया, सोमालिया, सुडान र यमन परेका छन् । साथै, थप सात देशका नागरिकहरूलाई पनि आंशिक रूपमा यात्रा प्रतिबन्ध लगाइएको छ ।

हाशेमी रजाले भने, “यस नीतिले अन्तर्राष्ट्रिय कानुनका मौलिक सिद्धान्तहरू उल्लंघन गर्दछ र नागरिकता वा धर्मको आधारमा करोडौँ मानिसलाई यात्रा गर्न पाउने अधिकारबाट वञ्चित गराउँछ ।”

उनले यस प्रतिबन्धलाई विभेदकारी भन्दै अमेरिकालाई यसको अन्तर्राष्ट्रिय कानुनी जवाफदेहीको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ, यद्यपि सोको विस्तृत विवरण उल्लेख गरिएको छैन ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान र अमेरिकाबीच कूटनीतिक सम्बन्ध पूर्ण रूपमा विच्छेद भएको हो । त्यसयता, दुबै मुलुकबीचको सम्बन्ध लगातार तनावग्रस्त रहँदै आएको छ ।

इरानबाहिर सबैभन्दा ठूलो इरानी समुदाय अमेरिकामै बसोबास गर्छ । इरानी विदेश मन्त्रालयका अनुसार, सन् २०२० मा अमेरिका भित्र करिब १५ लाख इरानी नागरिक रहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com