क्यापिटल हिल दङ्गासँग सम्बन्धित पाँच जनाले सरकारविरुद्ध मुद्दा हाले, १०० मिलियन डलर क्षतिपूर्तिको माग


प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार

white concrete building under clear blue sky

तस्बिर: अलेजान्ड्रो बार्बा

सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवन अर्थात क्यापिटल हिलमा भएको दंगामा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका दक्षिणपन्थी समूह ‘प्राउड ब्वाइज’का पाँच नेताहरूले अमेरिकी सरकारविरुद्ध १०० मिलियन डलरको क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन्।

उनीहरूले आफूहरूमाथि मुद्दा चलाइने क्रममा संविधानले दिएको अधिकार उल्लङ्घन गरिएको दाबी गरेका छन्। यी पाँच जना डोनाल्ड ट्रम्पको २०२० को चुनावी हारलाई उल्टाउन क्यापिटल हिलमा भएको हिंसामा संलग्न रहेकोमा दोषी ठहर भएका थिए। हालै राष्ट्रपति ट्रम्पले उनीहरूलाई माफी दिएका थिए।

फ्लोरिडामा दायर गरिएको मुद्दामा एफबीआई एजेन्ट र सरकारी वकिलहरूले व्यक्तिगत पूर्वाग्रहका आधारमा उनीहरूलाई गलत रूपमा मुद्दा चलाएको आरोप लगाइएको छ। उनीहरूले ट्रम्पका राजनीतिक सहयोगीहरूलाई दण्डित र दमन गर्न आफूहरूको संवैधानिक अधिकार हनन गरिएको दाबी गरेका छन्।

मुद्दा हाल्नेहरूमा हेन्री “एनरिक” टारियो, इथन नोर्डियन, जोसेफ बिग्स, जाकारी रेल, र डोमिनिक पेजोल्ला रहेका छन्। टारियोलाई क्यापिटल हमलाको योजना बनाएको अभियोगमा दोषी ठहर गरिएको थियो र उनलाई २२ वर्ष जेल सजाय सुनाइएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सजाय यी पाँचैजनामध्ये सबैभन्दा बढी हो। उनलाई ‘सिडिशियस कन्सपिरेसी’ (अर्थात् सरकार उल्ट्याउने योजना बनाएको) जस्तो दुर्लभ आरोपमा दोषी ठहर गरिएको थियो। अन्य चार नेताहरूलाई पनि यस्तै आरोपमा दोषी ठहर गरी जेल सजाय दिइएको थियो।

मुद्दामा पाँच प्राउड ब्वाइज नेताहरूलाई “न्याय प्रणालीको गम्भीर र व्यवस्थित दुरुपयोग” गरिएको दाबी गरिएको छ। सरकारी वकिलहरूले प्रमाणहरू बिगारेको (“एभिडेन्स ट्याम्परिङ”) र साक्षीहरूलाई डरत्रास देखाएको आरोप पनि लगाइएको छ। मुद्दामा उनीहरूको अभियोजन “भ्रष्ट र राजनीतिक उद्देश्यप्रेरित” भएको भनिएको छ।

यो मुद्दा हाल ट्रम्प प्रशासनअन्तर्गत सञ्चालनमा रहेको न्याय मन्त्रालय (डिपार्टमेन्ट अफ जस्टिस) विरुद्ध दायर गरिएको हो, जसको नेतृत्व अहिले अटर्नी जनरल पाम बोंडीले गरिरहेकी छन्।

न्याय मन्त्रालयका अनुसार जनवरीसम्म क्यापिटल हिल दंगासँग सम्बन्धित करिब १ हजार ५८३ जना अभियुक्तलाई विभिन्न अभियोगमा मुद्दा लगाइएको छ। तीमध्ये ६०० भन्दा बढीले सुरक्षाकर्मीमाथि आक्रमण, अवरोध वा प्रतिरोध गरेको अभियोग सामना गरिरहेका छन्।

करिब १७५ जनालाई घातक हतियार प्रयोग वा गम्भीर शारीरिक चोट पुर्‍याएको आरोप लगाइएको छ। दंगाका क्रममा क्यापिटल प्रहरीमाथि फलामका डण्डा, काठका टुक्रा, झण्डाको डण्डा, फायर एक्स्टिङ्गुइशर र पेपर स्प्रे जस्ता हतियारले आक्रमण गरिएको थियो।

ट्रम्पले करिब १,५०० जना क्यापिटल हिल दंगासँग सम्बन्धित व्यक्तिलाई माफी दिएका थिए, जसमा यी प्राउड ब्वाइजका नेताहरू पनि पर्छन्। धेरै सांसदहरूले दंगाको आलोचना गरेका थिए, भने ट्रम्पले उक्त दिनलाई “प्रेमको दिन” भनेका थिए।

ट्रम्पद्वारा दिइएका माफीलगायतका कदमलाई डेमोक्र्याट सांसदहरूले “इतिहास पुनःलेखन गर्ने प्रयास” भन्दै आलोचना गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com