भर्जिनियामा सन्तोष परियार सहित ४ जनाको परिवारै मृत फेला, सबैको मृत्यु गोलीबाट


प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार

भर्जिनियाको मनासस पार्कमा बिहीबार राति एउटा घरमा दुई बालबालिका र दुई वयस्कलाई गोली हानिएको अवस्थामा मृत फेला पारिएको छ। प्रहरीले यसलाई सम्भावित हत्या-आत्महत्या घटनाको रूपमा अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार, २ वर्षीय बालक, ८ वर्षीया बालिका र  दुई वयस्कलाई अपार्टमेन्टमा मृत फेला पारिएको हो । घरबेटीले भाडावालहरूको जाँच गर्न प्रहरीलाई अनुरोध गरेपछि उनीहरूलाई मृत फेला पारिएको थियो।

मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र दुई बालबालिका छन् । बालबालिकाको प्रहरीले सार्वजनिक गरेको छैन।

म्यानासस पार्क प्रहरीले यो घटना हालसम्म हत्या-आत्महत्याको रूपमा देखिएको बताएको छ । प्रहरीले तत्कालै कसले गोली चलाएको हुन सक्छ भनेर खुलाएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीलाई बिहीबार राति करिब १०:४० बजे लानाए लेनको ९४०० ब्लकमा रहेको तलको अपार्टमेन्टमा बोलाइएको थियो। प्रहरीका अनुसार, चारै जनाको मृत्यु गोली लागेर भएको देखिन्छ।

घटनास्थलमा एउटा बन्दूक फेला परेको छ। प्रहरीले चारै जनालाई मनाससको मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com