च्याम्पियन्स लिग : पीएसजीको जितको उत्सव मनाउँदा २ जनाको मृत्यु, ५०० जना पक्राउ


प्रकाशित मिति : जेष्ठ १८, २०८२ आईतबार

PSG supporters invade the Champs-Elysees avenue after the Champions League final soccer match between Paris Saint-Germain and Inter Milan, Saturday, May 31, 2025 in Paris. (AP Photo/Thomas Padilla)

शनिबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटालियन टिम इन्टर मिलानलाई पराजित गरी पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेपछि फ्रान्सको राजधानी पेरिस र अन्य क्षेत्रमा व्यापक उत्सव भयो ।

तर, यो उत्सवले हिंसात्मक रूप लियो, जसका कारण पुलिसले ५५९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४९१ जना पेरिसका थिए।

आन्तरिक मन्त्रालयका अनुसार, अहिले ३२० जना प्रहरी हिरासतमा छन्, जसमध्ये २५४ जना पेरिसबाट छन्।

उत्सवको क्रममा दुईवटा दुखद घटना भए। एक २० वर्षीय युवक सवारी साधनसँग ठोक्किएर मृत्यु भएको प्रहरी प्रमुख लरेन्ट नुनेजले पत्रकारहरूलाई बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, दक्षिणपश्चिमी सहर डाक्समा १७ वर्षीय किशोर चक्कु प्रहारबाट मृत्यु भएको फ्रान्सेली मिडियाले जनाएको छ।

“न्यायिक अनुसन्धानले पेरिसको मृत्यु उत्सवसँग सम्बन्धित छ कि छैन भनेर निर्धारण गर्नेछ। हाललाई, यो उत्सवसँग जोडिएको देखिन्छ”, नुनेजले भने।

च्याम्प्स एलिसेस एवेन्यूमा बस स्टपहरू तोडफोड गरियो र दंगा प्रहरीमाथि वस्तुहरू प्रहार गरियो। प्रहरीले भीडलाई नियन्त्रण गर्न आँसु ग्यास र पानीको तोप प्रयोग गर्‍यो।

आन्तरिक मन्त्रालयका अनुसार, सयौं आगलागीका घटना भए, जसमा २०० भन्दा बढी सवारी साधन जले। २२ जना सुरक्षा बलका सदस्य र ७ जना अग्निनियन्त्रक घाइते भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com