ट्रम्पका राजदूत भन्छन् – ‘नेटो विस्तारप्रति रुसी चिन्ता जायज’
प्रकाशित मिति : जेष्ठ १७, २०८२ शनिबार
Trump National Security Adviser
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका युक्रेनका लागि दूत किथ केलोगले रुसको नाटोको पूर्वी विस्तारप्रतिको चिन्तालाई जायज ठहराउँदै अमेरिकाले युक्रेनलाई अमेरिका नेतृत्वको सैन्य गठबन्धनमा समावेश गर्न नचाहेको बताएका छन्।
एबीसी न्यूजसँगको कुराकानीमा उनले रुसले युक्रेन र अन्य पूर्व सोभियत गणतन्त्रहरू नाटोमा समावेश नहुन भनी लिखित प्रतिबद्धता खोजेको विषयलाई ‘जायज चिन्ता’ रुपमा उल्लेख गरे ।
‘हामीलाई युक्रेन नाटोमा आउनु टेबलमा छैन र यो भन्ने हामी एक्लो देश होइनौं। नाटोमा प्रवेशका लागि ३२ सदस्य राष्ट्रको पूर्ण सहमति चाहिन्छ’, केलोगले एबीसीलाई बताए। उनले रुसले युक्रेन, जर्जिया र मोल्डोभाजस्ता देशहरूबारे कुरा उठाइरहेको र नाटो विस्तारको निर्णय राष्ट्रपति ट्रम्पले गर्ने उल्लेख गरे।
केलोगले युक्रेन र रुसले तयार पारेका दुई मेमोरन्डमलाई एकल दस्तावेजमा मर्ज गर्ने प्रयाससहित सोमबार टर्कीमा शान्ति वार्ता हुने बताए। ‘अर्को हप्ता इस्तानबुलमा बसेर छलफल गर्नेछौं’, उनले भने। जर्मनी, फ्रान्स र बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि अमेरिकासँगै मेमोरन्डमबारे छलफलमा सहभागी हुनेछन्।
केलोगले राष्ट्रपति ट्रम्प रुससँग ‘निराश’ भएको बताए, किनभने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट ‘असान्दर्भिकता’ देखिएको छ। उनले युक्रेनी शहरहरूमा आक्रमण गरेकोमा रुसलाई आलोचना गर्दै युक्रेनलाई वार्तामा उपस्थित हुन आग्रह गरेको खुलाए।








