एलन मस्कको दाहिने आँखामा चोट, कसैले ‘मुक्का’ हानेको हो ?


प्रकाशित मिति : जेष्ठ १७, २०८२ शनिबार

अमेरिकी सरकारको दक्षता विभागको नेतृत्व गर्दै ४ महिनाको कार्यकाल समाप्त गरेपछि डलर अर्बपति एलन मस्क ट्रम्प प्रशासनबाट बाहिरिए । शुक्रबार ओभल अफिसमा मस्कको लागि बिदाइ समारोह आयोजना गरियो ।

उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारको दक्षता विभागको प्रमुखको रूपमा मस्कले गरेको कामको खुलेरै प्रशंसा गरे । सो अवसरमा ट्रम्पले मस्क उनको नजिकको सल्लाहकारको रूपमा रहने घोषणा पनि गरे । “एलन जाँदै छैनन्। उनी सधैँ अगाडि र पछाडि हुनेछन्”, ट्रम्पले रिजोल्युट डेस्कको पछाडिबाट भने।

ट्रम्पले मस्कलाई उनको हस्ताक्षर भएको काठको बाकसमा ठुलो सुनौलो चाबी प्रदान गरे । यो उपहार उनले ‘धेरै विशेष व्यक्तिहरू’ का लागि मात्र राखेका थिए । सो अवसरमा ट्रम्पले थपे, ‘उनले आलोचना र हमलाहरूको सामना गर्नुपर्‍यो, जुन लज्जास्पद छ किनभने उनी एक अविश्वसनीय देशभक्त हुन् ।’

मस्क नेतृत्वको विभागले हजारौँ रोजगारी कटौती, अर्बौँ डलरको खर्च रद्द गरेको छ, जसमा अमेरिकी विदेशी सहायताको अधिकांश भाग समावेश छ। यद्यपि, मस्कको प्रारम्भिक ठुला वाचाहरू हालसम्म पूरा हुन सकेका छैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओभल अफिसको कार्यक्रममा मस्क उनको दायाँतिर उभिएका थिए । कालो डज (डीओजीइ) टोपी र ‘द डोजफादर’ लेखिएको टी-सर्ट लगाएर, जुन ‘द गड फादर’ फिल्मको शैलीमा डिजाइन गरिएको थियो।

तर, त्यतिखेर सबैको ध्यान मस्कको अनुहारले खिचिरहेको थियो । किनकि मस्कको दाहिने आँखामा चोट लागेको थियो ।

जब उनलाई सुरुमा चोटको बारेमा सोधिएको थियो, मस्कले आफ्नो सामान्य रहस्यमय हास्यले यसलाई हटाइदिए। “म फ्रान्सको नजिक कतै थिइनँ”, उनले राष्ट्रपति इमानुएल म्याक्रोनकी श्रीमतीले उनको अनुहारमा धकेलेको हालैको घटनालाई उल्लेख गर्दै ठट्टा गरे।

उनले आफू आफ्ना ५ वर्षीय छोरासँग उनले अनुहारमा मुक्का हानेको बताए । मस्क आफ्ना छोरा, जसको नाम एक्स (X) हो, उनीसँग खेलिरहेका थिए ।

“अनि उसलाई अगाडि बढ भने…, उनले मेरो अनुहारमा मुक्का हान्यो”, मस्कले भने।

त्यसपछि ट्रम्पले कुरा काटे। “त्यो एक्स थियो जसले त्यो गर्‍यो ?… उसले यो गर्न सक्थ्यो।”

मस्कले आफ्नो व्यवसायमा थप ऊर्जा केन्द्रित गर्ने बताउनुका साथै, मस्कले आफ्नो राजनीतिक दानलाई कम गर्ने योजना बनाएका छन्।

शुक्रबार उनले आफू ट्रम्पको साथी र सल्लाहकारको रूपमा रहने बताएका छन् । उनले ट्रम्पले केही जिम्मेवारी दिए राष्ट्र र राष्ट्रपतिको सेवा गर्न तयार रहेको समेत बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com