न्यूयोर्कको ब्रुकलिन पुलमा पानी जहाज ठोक्किँदा २२ जना घाइते


प्रकाशित मिति : जेष्ठ ३, २०८२ शनिबार

अमेरिकाको न्यूयोर्क सिटीमा मेक्सिकन नेभीको एउटा अग्लो तालिम जहाज ब्रुकलिन पुलमा ठोक्किँदा कम्तीमा २२ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको मेक्सिकन नेभीले जनाएको छ।

पुलमुनि बाटो पार गर्दै गर्दा जहाजका अग्ला मस्तुलहरू पुलमा ठोक्किएको दृश्य सार्वजनिक भएको छ। मस्तुलहरू ठोक्किँदा त्यसका केही भाग डेकमा खसेका थिए ।

त्यो समयमा जहाजका चालक दलका सदस्यहरू मस्तुलमा थिए । जसकारण धेरै मानिसहरू घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

न्यूयोर्क सिटीको इमर्जेन्सी म्यानेजमेन्टले घटनामा प्रतिक्रिया दिएको जनाएको छ । तर थप विवरण भने दिएको छैन । न्यूयोर्कका मेयर एरिक एडम्सले ब्रुकलिन पुलमा कुनै संरचनागत क्षति नभएको पुष्टि गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेक्सिकन नेभीले जहाज क्षतिग्रस्त भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ। जहाजको यात्रा हेर्न भेला भएका मानिसहरू मस्तुल पुलमा ठोक्किएपछि डरले भागेका थिए।

न्यूयोर्क सिटीको फायर डिपार्टमेन्टले घाइतेहरूको उपचार भइरहेको जनाएको छ। यद्यपि घाइतेहरू पुलमा थिए कि जहाजमै भन्ने पुष्टि भइसकेको छैन।

न्यूयोर्क प्रहरी ले ब्रुकलिन ब्रिज, साउथ स्ट्रिट सीपोर्ट म्यानह्याटन र डुम्बो ब्रुकलिन क्षेत्रबाट टाढै रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

जहाजमा २०० भन्दा बढी चालक दल सवार रहेको बताइएको छ। यो जहाज मैत्रीपूर्ण भ्रमणका क्रममा न्यूयोर्क आएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com