अमेरिकामा हराएका तीन वर्षीय बालकलाई खोज्न प्रहरीलाई कुकुरको अनौठो साथ


प्रकाशित मिति : माघ २८, २०८२ बुधबार

तस्वीर : लुइसभिल मेट्रो प्रहरी विभाग

अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल शहरमा हराएका तीन वर्षको बालकलाई खोज्ने क्रममा प्रहरीले अप्रत्याशित सहयोग पाएको छ। प्रहरीलाई स्थानीय एक कुकुरले मार्ग देखाउँदै बालकसम्म पुर्‍याएको घटनाले सबैलाई आश्चर्यचकित बनाएको छ।

लुइसभिल मेट्रो प्रहरी विभागले जनवरीको सुरुवातमा हराएका बालकको खोजी अभियान सुरु गरेको थियो। प्रहरीले खोजी गर्दै जाँदा एक छिमेकी महिलासँग कुरा गरेको थियो। ती महिलाले बालकले केही समयअघि आफ्नो घरको डोरबेल बजाएर अचानक भागेको जानकारी दिएकी थिइन्।

प्रहरीले खोजीलाई थप तीव्र बनाइरहेका बेला अचानक एउटा मिलनसार कुकुर उनीहरूतिर आयो। कुकुर नजिकैको घरतर्फ लागेपछि प्रहरीले पनि त्यसको पछि लाग्ने निर्णय गरे। कुकुरले प्रहरीलाई सिधै एक घरको पछाडिको आँगनसम्म पुर्‍यायो।

प्रहरीका अनुसार, कुकुरको पछि लागेका अधिकृतले त्यहाँ खोजी गर्दा बालक एउटा एसयूभी गाडीको अगाडिको सिटमा बसेको अवस्थामा फेला परेका थिए । प्रहरी पुगेर गाडीको ढोका खोल्ने बित्तिकै बालकले राहत महसुस गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले बालकलाई सुरक्षित अवस्थामा उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको जनाएको छ। बालक डराएको अवस्थामा भए पनि कुनै शारीरिक चोटपटक लागेको थिएन।

प्रहरी अधिकृतहरूले कुकुरको सहयोगलाई अत्यन्तै महत्वपूर्ण र भावुक क्षणको रूपमा वर्णन गरेका छन्। उनीहरूले उक्त कुकुरलाई त्यो दिनको ‘साँचो नायक’ समेत बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com