प्राविधिक वार्ता ‘युद्धविराममा’ सहमत भए पुटिनसँग भेटघाट आवश्यक छैन : जेलेन्स्की
प्रकाशित मिति : जेष्ठ १, २०८२ बिहीबार

UKRAINE-EU-RUSSIA-CONFLICT-WAR
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रस्तावित भेटघाट रद्द हुन सक्ने बताएका छन्।
उनले इस्तानबुलमा हुने प्राविधिक वार्तामा युक्रेन र रुसबीच युद्धविराम सम्झौता भएमा उक्त भेटघाट आवश्यक नपर्ने उल्लेख गरे।
अंकारामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले मस्कोले युद्धविराम वार्ताप्रति कुनै इच्छा नदेखाएमा अन्तर्राष्ट्रिय समुदायले रुसमाथि थप राजनीतिक र आर्थिक दबाब दिनुपर्ने बताए।
‘रुसलाई युद्ध अन्त्य गर्न आवश्यक छ जस्तो लाग्दैन, किनभने रुसी संघमाथि पर्याप्त दबाब छैन’, उनले भने – ‘यदि युद्धविराम भएन वा गम्भीर निर्णयहरू लिइएन भने, हामी अन्य देशहरूसँग उपयुक्त प्रतिबन्धहरूको माग गर्छौं।’
जेलेन्स्कीले युद्धविराम वार्तालाई प्राथमिकता दिइरहेको र यसले युक्रेनमा जारी द्वन्द्वलाई समाधान गर्न सक्ने आशा व्यक्त गरे।
उनले अन्तर्राष्ट्रिय समुदायसँग रुसलाई वार्ताको टेबलमा ल्याउन थप कदम कार्टेल रुसी संघलाई वार्ताको टेबलमा ल्याउन थप कदम चाल्न आग्रह गरे।