अमेरिकी–इजरायली बन्धकको बदलामा युद्धविराम वा प्यालेस्टिनी कैदीको रिहाइ हुँदैन : नेतन्याहु


प्रकाशित मिति : बैशाख २९, २०८२ सोमबार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार हमासले घोषणा गरेको अमेरिकी–इजरायली बन्धकको रिहाइले गाजा पट्टीमा युद्धविराम वा प्यालेस्टिनी कैदीहरूको रिहाइ नगराउने बताएका छन् ।

गाजामा सबै बन्धकको रिहाइ सुरक्षित गर्न सम्भावित सम्झौताका लागि वार्ता ‘लडाइँको तीव्रताको तयारीका क्रममा’ जारी रहने नेतान्याहुले आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा बताए ।

हमासले युद्धग्रस्त क्षेत्रमा युद्धविरामका लागि संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्तामा संलग्न भएको खुलासा गरेसँगै उसले आइतबार गाजामा बन्दी बनाइएका अमेरिकी–इजरायली सैनिक एडन अलेक्जान्डरलाई रिहा गर्ने बताएको छ ।

कुनै मिति नदिइए पनि २१ वर्षीय अलेक्जान्डरको परिवारले उनलाई ‘आगामी दिनमा’ रिहा हुनसक्ने जानकारी दिइएको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“इजरायलले कुनै पनि प्रकारको युद्धविराम वा आतङ्कवादीहरूको रिहाइको प्रतिबद्धता जनाएको छैन तर एडनको रिहाइलाई अनुमति दिने सुरक्षित मार्गका लागि प्रतिबद्ध छ”, नेतन्याहुले भने ।

अलेक्जान्डरको रिहाइको प्रतिज्ञा गाजा पट्टीमा ‘सैन्य दबाब’ मार्फत हासिल भएको उनले बताए ।

“हामी महत्त्वपूर्ण दिनहरूको बीचमा छौँ जसमा हमासलाई एउटा सम्झौताका साथ प्रस्तुत गरिएको छ जसले हाम्रा बन्धकहरूलाई रिहा गर्न सक्षम बनाउँछ”, उहाँले भनले भने ।

यसअघि दुई हमास अधिकारीले अमेरिकासँग कतारको राजधानी दोहामा वार्ता जारी रहेको र ‘प्रगति’ भएको एएफपीलाई बताएका थिए ।

यसैबीच इजरायली आक्रमणहरू जारी रहेको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले विस्थापित मानिसहरूलाई आश्रय दिने एक विद्यालयमा राति भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको बताएको छ ।

“जबालिया सहरमा दुई हजारभन्दा बढी विस्थापित मानिसको घर रहेको फातिमा बिन्ट असद स्कुलमा इजरायली हवाई आक्रमणपछि केही महिला र बालबालिकासहित कम्तिमा १० जना (मृत) र दर्जनौँ घाइते भएका छन्”, नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले भने ।

गाजा लडाकुहरूले हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको क्रममा कब्जा गरिएका ५८ जना बन्धक राखेका छन्, जसमा इजरायली सेनाले ३४ जनाको मृत्यु भएको बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com