२०१८ का डिभी विजेताको भिसा सुरु, ६ सय बढी नेपालीले नपाउने


प्रकाशित मिति : आश्विन १६, २०७४ सोमबार

सन् २०१८ का डिभी लोटरी विजेताहरुले भिसा प्रकृया आजदेखि सुरु भएको छ । आर्थिक बर्ष सन् २०१८ का लागि डिभी लोटरी विजेताहरुको भिसा प्रकृया अक्टोबर १ देखि सुरु हुने भएपनि अक्टोबर १ मा सप्ताहन्त परेकाले आजदेखि भिसा प्रकृया सुरु भएको हो । अमेरिकामा अक्टोबर १ देखि आर्थिक बर्ष २०१८ सुरु भएको छ ।

२०१८ का लागि डिभी परेका नेपालीहरुमध्ये ६ सय बढीले भने भिसा नपाउने भएका छन् । सन् २०१८ का लागि ४ हजार ९७ जना नेपालीहरुलाई डिभी लोटरी परेको छ । उनीहरुमध्ये ७५० सम्म केस नम्बर हुनेहरुले अक्टोबरमा भिसा प्राप्त गर्नेछन् । बाँकीले २०१८ को सेप्टेम्बर अन्त्यसम्ममात्र भिसा प्राप्त गर्नेछन् ।

संसारभरबाट डिभी लोटरी विजेताहरुमध्ये ५० हजारका लागि भिसा उपलब्ध हुने नियम छ । जसअनुशार एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने अमेरिकी सरकारको नियम रहेको छ । त्यसैले सन् २०१८ का लागि डिभी लोटरी परेका ४०९७ जना नेपालीमध्ये झण्डै ३५ सयलेमात्र भिसा पाउनेछन् भने बाँकी ६ सय भन्दा धेरैले भने भिसा नपाउने निश्चित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com