अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री जयशंकर र पाकिस्तानी सेना प्रमुखसँग के कुरा गरे ?


प्रकाशित मिति : बैशाख २७, २०८२ शनिबार

GERMANY-US-DIPLOMACY-SECURITY-MSC

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानका सेनाप्रमुख जनरल आसिम मुनीरसँग कुराकानी गरेका छन्। यो कुराकानी दक्षिण एसियामा बढ्दो तनावलाई कम गर्ने प्रयासको हिस्सा मानिएको छ।

भारतका विदेशमन्त्री जयशंकरले आफ्नो एक्स अकाउन्टमार्फत कुराकानीको जानकारी दिँदै भने, “आज बिहान अमेरिकी विदेशमन्त्री रुबियोसँग कुराकानी भयो। भारतको अडान सधैं संयमित र जिम्मेवार छ, र यो भविष्यमा पनि कायम रहनेछ।”

अमेरिकाले जारी गरेको वक्तव्यमा विदेशमन्त्री रुबियोले भारत र पाकिस्तान दुवैलाई आपसी कुराकानीका माध्यमबाट तनाव कम गर्न र गलतफहमीबाट बच्न उपाय खोज्न आग्रह गरेको उल्लेख छ। उनले भविष्यमा विवादबाट जोगिन दुवै देशबीच मध्यस्थता गर्न अमेरिका तयार रहेको प्रस्ताव पनि राखेका छन्।

यस्तै, पाकिस्तानी सेनाप्रमुख मुनीरसँगको कुराकानीमा पनि रुबियोले तनाव कम गर्न र वार्तालाई प्राथमिकता दिन आह्वान गरे। अमेरिकाले यो कुराकानीमा पनि मध्यस्थताको प्रस्ताव राखेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com