स्पेन सरकार क्याटलानसँग हिँसात्मक भिडन्तमा, भिडन्तमा तीनसयजना भन्दा बढी घाइते


प्रकाशित मिति : आश्विन १५, २०७४ आईतबार

स्पेनको सरकारले क्याटलान पृथकतावादी नेताहरुलाई आग्रह गर्दै स्वतन्त्रता सम्बन्धी गैरकानूनी जनमत संग्रह फिर्ता आग्रह गरेका छन् आज सो जनमत संग्रहको क्रममा प्रहरीसंगको हिंसात्मक भिडन्तमा तीनसयजना भन्दा बढी घाइते भएका छन्। एकजना मन्त्री सोराया साएन्ज डी सान्तामारिया ले सो जनमत संग्रहलाई देखावटी ठट्टेउली भन्दै त्यसबाट केही हासिल नहुने टिप्पणी गरेकी छन्।

यो जनमत संग्रह गराउनु क्याटलानहरुका लागि मात्र नभई सबै स्पेनीहरुका लागि पनि लज्जाको विषय हो। पृथकतावादीहरुसंग असहमत हुनेहरुले पनि आफ्नो अधिकार कसरी गुमाईंदै छ भनेर हेरिरहनु परेको छ ति मन्त्रीले भनिन्। बार्सिलोना शहरमा विरोध प्रदर्शनकारीहरुको भिडमा प्रहरीले लाठी चार्ज र रबरको गोली प्रहार गरेपछि क्याटलान नेता कारलस पूजमोनले प्रहरीले क्रुर व्यवहार गरेको आरोप लगाएका छन्।मतपेटिकाहरु हटाएर मतदान रोक्ने प्रयास गर्दा ११जना प्रहरी घाइते भएका स्पेनको आन्तरिक मामिला मन्त्रालयले जनाएको बिबिसीले जनाएको छ।

उक्त जनमत संग्रह अवैधानिक भएको स्पेनको संवैधानिक अदालतले निर्णय सुनाएको थियो। क्याटलन आपतकालीन सेवाहरुले ३ सय जनाभन्दा बढी घाइते भएको बताएका छन्।

जनमत संग्रह पक्षधरहरुले ढुंगा वर्षाएपछि प्रहरी पछि हटेको दृश्यसहितको भिडियो मन्त्रालयले जारी गरेको छ। प्रहरीले मानिसहरुलाई मतदान गर्नबाट रोकिरहेका छन्। मतदान केन्द्रका मतपत्र र पेटिका प्रहरीले आफ्नो नियन्त्रणमा राखेका छन्। गणतन्त्रको रुपमा क्याटलोनिया स्वतन्त्र राष्ट्र होस् भन्ने चाहनुहुन्छ वा हुँदैनु भन्ने एउटा प्रश्न मतपत्र छ। हुन्छ र हुँदैन भन्ने दुईवटा मतपेटिका राखिएका छन्।मतदान शुरु हुनुपूर्व क्याटलन सरकारले आफ्नो निर्धारित मतदान केन्द्र बन्द रहे, मतपत्र प्रिन्ट गरेर जुनसुकै केन्द्रमा खसाल्न सकिने बताएको थियो।क्याटलोनियामा आफ्नै खालको भाषा र संस्कृति छ र ७५ लाख मानिसको बसोवास रहेको यो ठाउँ धनी क्षेत्र मानिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com