कोरोनाभाइरस उत्पत्तिको अबको अनुसन्धान अमेरिका केन्द्रित हुनुपर्ने चीनको भनाई


प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार

चीनले कोभिड १९ अमेरिका बाट सुरु भएको हुन सक्ने दाबी पुनः दोहोर्याएको छ । श्वेत पत्र सार्वजनिक गर्दै चीनले अमेरिकामाथि यो आरोप दोहोराएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोभिड १९ चीनको प्रयोगशालाबाट निस्किएको भनेर आरोप लगाइरहेका बेला चीनले आफनो बचाउ गरेको छ ।

सार्वजनिक गरेको श्वेत पत्रमा कोरोनाभाइरसको उत्पत्तिको जिम्मेवारी अमेरिकामाथि लगाउँदै आफ्नो बचाउ गरेको छ ।

सरकारी समाचार संस्था सिन्ह्वा मार्फत प्रकाशित गरिएको श्वेत पत्रमा चीनले कोभिड १९ को उत्पत्तिको विषयलाई अमेरिकाले राजनीतिकरण गरिरहेको आरोप लगाएको हो ।

उक्त रिपोर्टमा मिसौरी राज्यद्वारा दायर एक मुद्दाको पनि उल्लेख गरिएको छ । मुद्धामा चीनमाथि स्वास्थ्य सामग्री जम्मा गरेको र भाइरसको फैलावट लुकाएको आरोपमा २४ बिलियन डलर जरिवाना लगाइएको थियो ।

चीनले भने आफूले विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समुदायसँग समयमै सम्बन्धित जानकारीहरू साझा गरेको बताएको छ ।

श्वेत पत्रमा चीन विश्व स्वास्थ्य संगठन सँगको संयुक्त अध्ययनले प्रयोगशालाबाट भाइरस निस्किएको सम्भावना नरहेको निष्कर्ष निकालेको पनि उल्लेख छ ।

पर्याप्त प्रमाणहरूले देखाउँछन् कि कोभिड १९ अमेरिका भित्र सरकारद्वारा दाबी गरिएको समयभन्दा पहिले नै देखा परेको थियो । यो भाइरस चीनमा फैलिनुअघि नै देखा परेको हुन सक्छ भनेर चीनले दावी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी केन्द्रीय गुप्तचर संस्था सीआईए ले सन् २०२५ को जनवरीमा दिएको नयाँ मूल्याङ्कनमा महामारीको उत्पत्ति चीनको प्रयोगशालाबाट भएको सम्भावना प्राकृतिक उत्पत्तिको भन्दा बढी रहेको उल्लेख गरिएको छ ।

तर, उक्त मूल्याङ्कनमा कम आत्मविश्वास रहेको र प्रयोगशाला वा प्राकृतिक उत्पत्ति दुबै सम्भावना यथावत् रहेको स्वीकार गरिएको थियो ।

सिन्ह्वाले उद्धृत गरेअनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले अबको अनुसन्धान अमेरिका केन्द्रित हुनुपर्ने बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com