१२ महिनामा ८ सय नेपालीलाई अमेरिकाको कामदार भिसा तर श्रम स्वीकृति लिने ३५४ जनामात्र


प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार गत १२ महिनामा ८ सय नेपालीहरुले अमेरिकाको कामदार भिसा प्राप्त गरेका छन् । उनीहरुले सन् २०२४ को मार्चदेखि २०२५ को फेब्रुअरीसम्म अमेरिकाको कामदार भिसा प्राप्त गरेका हुन् । तर झण्डै सोही अवधिको नेपाल सरकारको तथ्यांक हेर्दा अमेरिकामा कामदार भिसामा आउन श्रम स्वीकृति लिने नेपालीहरुको संख्या भने झण्डै आधाभन्दा पनि कम रहेको छ ।

नेपाल सरकारको वैदेशिक रोजगारी विभागका अनुशार २०२४ को अप्रिल १३ देखि २०२५ को अप्रिल १३ सम्मको अवधि अर्थात् नेपाली क्यालेण्डरबर्षको १२ महिनाको अवधिमा नेपालबाट श्रम स्वीकृति लिएर तीन सय ५४ जना नेपालीहरु अमेरिका उडेका छन् । जसमा दुई सय ७८ जना पुरुष रहेका छन् भने ७६ जना महिला रहेका छन् । अघिल्लो वर्षको तुलनामा अमेरिका जानका लागि श्रम स्वीकृति लिनेको संख्या भने घटेको देखिएको छ ।

नेपाली पात्रो अनुशार वि.सं. २०८१ को वैशाख (२०२४ को अप्रिल १३ देखि मे १३ सम्म) महिनामा ३१ जना नेपालीले श्रम स्वीकृति लिएर अमेरिका उडेका थिए । जसमा २६ जना पुरुष थिए भने ५ जना महिला थिए् । जेठमा २२ जना पुरुष र ७ जना महिलासहित २९ जनाले अमेरिकाको लागि श्रम स्वीकृति लिँदा असारमा १९ पुरुष र दुई महिला गरि २१ जनाले श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगारी विभागका अनुसार गत वर्षको साउनमा ३३ जना नेपालीले अमेरिकाको लागि स्वीकृति लिएका थिए । जसमा २४ जना पुरुष र ९ जना महिला रहेका छन् ।

वैदेशिक रोजगार विभाग

भदौंमा २७ पुरुष र ४ महिला गरि ३१ जना, असोजमा १९ पुरुष र ४ महिला गरि २३ जना, कात्तिकमा २७ पुरुष र ९ महिला गरि ३६ जना र मंसिरमा ३४ पुरुष र १३ महिला गरि ४७ जनाले श्रम स्वीकृति लिएर अमेरिका उडेको विभागले जनाएको छ । पुस र माघ महिनामा समान ३०÷३० जनाले अमेरिकाको लागि श्रम स्वीकृति लिएका छन् । जसअन्तर्गत पुसमा २४ पुरुष र ६ महिलाले श्रम स्वीकृति लिँदा माघमा २२ पुरुष र ८ महिलाले श्रम स्वीकृति लिएका हुन् । यस्तै, फागुनमा १७ जनाले श्रम स्वीकृति लिए जसमा १३ पुरुष र ४ महिला छन् भने चैेत महिनामा २१ पुरुष र ५ महिला गरी २६ जनाले श्रम स्वीकृति लिएर अमेरिका उडेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अघिल्लो वर्ष २०८० मा चार सय ६७ जना नेपालीले श्रम स्वीकृति लिएर अमेरिका उडेका थिए । जसमा पुरुष तीन सय ६७ र महिला एक सय जना रहेका थिए । अघिल्लो वर्षको बैशाख र जेठमा समान २९÷२९ जनाले अमेरिकाको श्रम स्वीकृति लिएका थिए । जसमा वैेशाखमा २४ पुरुष र ५ महिला थिए भने जेठमा २० पुरुष र ९ महिला थिए । अघिल्लो वर्ष २०८० को असारमा २३ पुरुष र ९ महिला गरि ३२ जना, साउनमा ३२ पुरुष र १० महिला गरि ४२ जना, भदौंमा ३३ पुरुष र ८ महिला गरी ४१ जनाले श्रम स्वीकृति लिएर अमेरिका प्रस्थान गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै, अघिल्लो वर्षको असोजमा २४ पुरुष र ६ महिला गरि ३० जना, कात्तिकमा ३६ पुरुष र ५ महिला गरी ४१ जना, मंसिरमा ६० पुरुष र १० महिला गरी ७० जना, पुसमा ४४ पुरुष र ७ महिला गरी ५१ जनाले अमेरिकाको श्रम स्वीकृति लिएका थिए । त्यसैगरी, माघमा ३० पुरुष र ८ महिला गरी ३८ जना, फागुनमा २३ पुरुष र ११ महिला गरि ३४ जना र चैत महिनामा १८ पुरुष र १२ महिला गरि ३० जना नेपालीले श्रम स्वीकृति लिएर अमेरिका उडेको विभागले जनाएको छ ।

कति नेपालीलाई अमेरिकाको कामदार भिसा?

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार  बाइडेनकालमा झण्डै ३५ सय नेपालीले एच श्रेणीको अमेरिकाको कामदार भिसा पाएका थिए ।  अघिल्लो ट्रम्प प्रशासनको अवधिमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको अमेरिकाको कामदार भिसा  पाएका थिए । अर्थात् ट्रम्पको पहिलो कार्यकालको तुलनामा बाइडेन प्रशासनको बेलामा एच श्रेणीको अमेरिकाको कामदार भिसा  पाउने नेपालीहरुको संख्यामा ५० प्रतिशत बृद्धि भएको थियो ।

आर्थिक बर्ष २०२४ मा ७८१ जना नेपाली एच वान बी भिसा पाएका थिए । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार ७८१ जनाले एचवानबी भिसा पाएका थिए भने उनीहरुका २८८ जना आश्रितहरुले एचफोर भिसा पाएका थिए । यसरी आर्थिक बर्ष २०२४ मा कुल १०६९ जना नेपालीहरुले एच श्रेणीको भिसा पाएका थिए । आर्थिक बर्ष २०२४ मा पहिलो महिना अक्टोबरमा ९०, नोभेम्बरमा १५०, डिसेम्बरमा ९९, जनवरीमा ५३, फरबरीमा ४४, मार्चमा ५६, अप्रिलमा ६६, मेमा ४३, जुनमा ५३, जुलाईमा ४८, अगस्तमा ३३ र सेप्टेम्बरमा ४६ जना नेपालीहरुले एचवानबी भिसा पाएका थिए ।

आर्थिक बर्ष २०२३ मा ११३५ जना नेपालीहरुले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । यो संख्या २०२२ मा भने ९०५ थियो । आर्थिक बर्ष २०२१ मा भने जम्मा ३२७ जनालाई एचश्रेणीको भिसा प्रदान गरिएको थियो । जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ । बाइडेन कार्यकालमा झण्डै ३५ सय नेपालीहरुले एच श्रेणीको भिसा पाएका छन् ।

नेपाली पासपोर्ट

२०२० मा ५१७ जना नेपालीलाई एच श्रेणीको भिसा प्रदान गरिएको थियो भने आर्थिक बर्ष २०१९ मा ६४१ जना नेपालीहरुले यो श्रेणीको भिसा पाए । सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । त्यस्तै २०१७ मा ५९७ जना नेपालीहरुले एच श्रेणीका भिसा पाएका थिए । यसरी ट्रम्पको पहिलो कार्यकालमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको भिसा पाएका थिए ।

अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐन सेक्सन १०१ (ए)(१५)(एच) अनुशार अमेरिकन रोजगारदाता कम्पनीले विशेष ज्ञान भएका विदेशी कामदारलाईमात्र यो भिसा अन्तरगत आवेदन दिनसक्छ । यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com