अमेरिकी स्वास्थ्यमन्त्रीद्वारा राजीनामा


प्रकाशित मिति : आश्विन १४, २०७४ शनिबार

राजीनामा

सरकारी कामको सिलसिलामा महंगा निजी विमानहरुबाट यात्रा गरेकोमा व्यापक आलोचना भएपछि अमेरिकी स्वास्थ्यमन्त्री टम प्राइसले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले उनको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै ह्वाइट हाउसले डन जे राइटलाई कार्यवाहक स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको जनाएको छ।

ट्रम्पले प्राइसबाट आफू ‘निराश बनेको’ प्रतिक्रिया दिएका छन्।

बीबीसीका उत्तर अमेरिका सम्पादक भन्छन्, राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा दिएको सन्देश र उनका मन्त्रीबाट निजी विमानहरुको प्रयोगबीच तालमेल देखिंदैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विकल्प

विद्यमान नीतिहरुमा जोड दिंदै ह्वाइट हाउसका बजेट प्रमुखले उच्च अधिकारीहरुलाई समेत सरकारी कामको सिलसिलामा व्यापारिक विमानहरुबाट यात्रा गर्ने विकल्प एकदम थोरै भएको सन्देशसहित कर्मचारीहरुलाई पत्र पठाएका छन्।

कामको सिलसिलामा महंगो यात्रा गरेको भन्दै ट्रम्पको मन्त्रिपरिषद्का अरु तीनजना सदस्य पनि निगरानीमा छन्।

ट्रम्प प्रशासनबाट राजीनामा दिने वा बर्खास्त हुनेहरुको लम्बिंदो सूचीमा प्राइस थपिएका छन्।

ट्रम्प

गत मे महिनायता २६ वटा निजी उडान गरेर राज्यकोषको ४ चार लाख डलर खर्च गरेकोमा प्राइसले क्षमायाचना गरेका थिए।

पछुतो

न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार प्राइसले पठाएको राजीनामापत्रमा उनले ‘पछिल्ला गतिविधिले मन्त्रालयको कामबाट ध्यान अन्यत्र मोडेकोमा’ आफूलाई पछुतो लागेको बताएका छन्।

राजनीतिक समाचारहरु छाप्ने ‘पोलिटिको’ वेबसाइटका अनुसार प्राइसले यात्रामा मात्रै १० लाख डलरभन्दा बढी सरकारी रकम खर्च गरेका छन्, जसमध्ये सेनाको साथै निजी विमानबाट गरेको यात्रामा ४ लाखभन्दा बढी डलर खर्च भएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले सरकारी कामको सिलसिलामा प्राइसबाट यात्राका लागि गरिएका खर्चबाट आफू ‘खुशी नभएको’ बताएका थिए।

स्वास्थ्यमन्त्रीले राजीनामा दिनुअघि ट्रम्पले उनी एकदमै असल मान्छे भएको पत्रकारहरुलाई बताएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com