ट्रम्पको कर कटौतीको सङ्केतपछि चीनले भन्यो – ‘व्यापार वार्ताका लागि ढोका खुला’


प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमाथि ‘पर्याप्त’ भन्सार शुल्क घटाउने सम्भावनाको सङ्केत गरेको एक दिनपछि वासिङ्टनसँग व्यापार वार्ताका लागि ढोका ‘व्यापक रूपमा खुला’ भएको चीनले बुधबार बताएको छ ।

आफ्नो आक्रामक व्यापार नीतिबाट विश्व बजारलाई थप राहत दिँदै ट्रम्पले मङ्गलबार अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई बर्खास्त गर्ने कुनै इरादा नभएको बताए ।

जनवरीमा ह्वाइट हाउसमा फर्किएयता ट्रम्पले चीनबाट आउने धेरै उत्पादनमा एक सय ४५ प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाएका छन् ।

यसमा सुरुमा फेन्टानिल आपूर्ति शृृङ्खलामा चीनको कथित भूमिकामाथि लगाइएको भन्सार शुल्क र पछि वासिङ्टनले अनुचित ठानेका अभ्यासहरू समावेश छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेइजिङले अमेरिकी सामानहरूमा एक सय २५ प्रतिशतको व्यापक प्रति–भन्सार शुल्कका साथ प्रतिक्रिया दिएको छ, तर बुधवार व्यापार वार्तामा संलग्न हुन इच्छुक रहेको दोहोर्याएकोे छ ।

“चीनले भन्सार शुल्क युद्ध र व्यापार युद्धमा कुनै विजेता नभएको प्रारम्भिक रूपमा औँल्याएको थियो”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बेइजिङमा दैनिक पत्रकार सम्मेलनमा भने, “वार्ताका लागि ढोका व्यापक रूपमा खुला छ ।”

चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार व्यापार युद्धले ‘सबै देशको वैध अधिकार र हितलाई कमजोर पार्ने, बहुपक्षीय व्यापार प्रणालीलाई चोट पुर्याउने र विश्व आर्थिक व्यवस्थालाई असर पार्ने चेतावनी दिएका छन् ।

ट्रम्पले एक सय ४५ प्रतिशत ‘धेरै उच्च’ स्तर हो र त्यो ‘उल्लेखनीय रूपमा तल आउनेछ’ भनेर स्वीकार गरेपछि बेइजिङबाट यो पुनः पुष्टि आएको हो ।

“तिनीहरू त्यो सङ्ख्याको नजिक कतै पनि हुने छैनन् तर यो शून्य हुने छैन”, उनले भने, “अन्ततः तिनीहरूले एउटा सम्झौता गर्नुपर्छ किनभने अन्यथा, तिनीहरू संयुक्त राज्य अमेरिकामा सम्झौता गर्न सक्षम हुने छैनन् ।”

अर्थमन्त्री स्कट बेसेन्टले मङ्गलबार एक कार्यक्रममा भन्सार शुल्कहरू पारस्परिक व्यापार प्रतिबन्धको मात्रामा पुगेको बताएपछि ती टिप्पणीहरू आएका हुन् ।

उक्त कार्यक्रममा बेसेन्टले निकट भविष्यमा तनाव कम हुने अपेक्षा गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com