कनेक्टिकट नेपाली समाजमा नयाँ नेतृत्व ।


प्रकाशित मिति : आश्विन ११, २०७४ बुधबार

अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपालीहरुको साझा संस्था नेपाली समाज अमेरिका ब्राडफोर्ड कनेक्टिकटको आगामी २ बर्षका लागी नयाँ कार्यसमिति चयन भएको छ ।
आइतबार सम्पन्न समाजको साधारणसभा तथा विजयादशमी शुभकामना सांझको अवसरमा रामचन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । कनेक्टिकट, ब्राडफोर्ड आसपास रहेका नेपालीहरुको ठुलो सहभागिता विच सम्पन्न कार्यक्रमको पहिलो चरणमा साधारणसभा तथा अधिवेशन सम्पन्न गरिएको थियो भने दोस्रो चरणमा दशैतिहार शुभकामना विशेष मनोरंजनात्मक कार्यक्रम संचालन गरिएको थियो । यसअधि संस्थाका बर्तमान अध्यक्ष  रामचन्द्र रेग्मीको सभापतित्वमा सम्पन्न कार्यसमितिको बैठकले पुर्व महासचिव विजय अधिकारिको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

संस्थाका महासचिव टेक कुँवरको संयोजनमा सम्पन्न पहिलो चरणको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाली महाबाणिज्य दुतावास न्यूयोर्कका उपमहाबाणिज्यदुत पुष्पराज भट्टराइले प्रवासमा रहेर नेपाली एकता मजबुत बनाउदै मैलिक कला संस्कृतिको संरक्षणमा कनेक्टिकट नेपाली समाजले खेलेको भूमीकाको खुलेर प्रसंशा गर्नुभयो । त्यसैगरि बिशेष अतिथि गैरआवसीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदीले कनेक्टिकट नेपाली समाजबाट अमेरिकाभरका नेपालीले धेरै कुरा सिक्न सक्ने बताउदै समाजले अब नेपाली भाषा संस्कृती जगेर्ना गर्न पहल थाल्नु पर्ने बताउनु भयो । समाजमा उत्कृष्ट कार्य गरेका सात दम्पतिलाइ सम्मान गरिएको सो कार्यक्रममा संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार गौरिश्वर शर्मा, पुर्वअध्यक्ष रामहरि भण्डारि, महिला अधिकारकार्मी प्रमिला सुवेदि, तथा बर्तमान सभापति रामचन्द्र रेग्मी र आगामि कार्यकालका सभापति रामचन्द्र श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो ।
त्यसैगरि विजय अधिकारिद्धारा संचालित दोस्रो चरणको शुभकामना संगीतिक कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य शर्मिला अधिकारी लगायतका विभिन्न स्थानिय कलाकारहरुले गितसंगीत र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अन्य तस्विरहरु:

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

तस्विरहरु: रामचन्द्र रेग्मी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com