ट्रम्प प्रशासनले गल्तीले देश निकाला गरेका गार्सियासँग डेमोक्र्याट सिनेटरको भेट


प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार

jail

अमेरिकी ट्रम्प प्रशासनले गल्तीले देश निकाला गरेका एल साल्भाडोरका नागरिकलाई अमेरिकी सिनेटरले भेट गरेका छन ।

उनलाई ट्रम्प प्रशासनका अधिकारीहरूले गल्तीले म्यारिल्याण्डबाट एल साल्भाडोरको एउटा विशाल कारागारमा डिपोर्ट गरिएको स्वीकार गरेका छन्।

म्यारिल्याण्डका सिनेटर क्रिस भान होलेनले किल्मार अब्रेगो गार्सियासँगको भेटको तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

एक संघीय न्यायाधीशको आदेश भए पनि अमेरिकी प्रशासनले उनलाई अमेरिका फर्काउन अस्वीकार गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेटपछि एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले पनि अब्रेगो गार्सियालाई रिहा गर्न अस्वीकार गरेका सिनेटर होलेनले बताए । उनले एल साल्भाडोरकै हिरासतमा राखिने राष्ट्रपति बुकेलेले बताएको छन ।

ह्वाइट हाउसले अब्रेगो गार्सियालाई अन्तर्राष्ट्रिय अपराध संगठन एमएस १३ को सदस्य भएको आरोप लगाएको छ ।

यो संगठनलाई विदेशी आतंकवादी संगठनको रूपमा नाम दिइएको छ । तर उनका वकिलले यो आरोप अस्वीकार गरेका छन्।

मैले भनेको थिएँ, मेरो यो भ्रमणको मुख्य उद्देश्य किल्मारसँग भेट गर्नु हो। आज राती म त्यो मौका पाएको छु, डेमोक्र्याट सिनेटर होलेनले सामाजिक सञ्जालमा लेखे ।

‘मैले उनकी श्रीमती जेन्निफरलाई फोन गरेर उनको प्रेम सन्देश सुनाएको छु । फर्किएपछि म विस्तृत जानकारी दिनेछु, उनले थपे।’ सिनेटरका अनुसार उनी अब्रेगो गार्सियालाई भेट्न जाँदै गर्दा उनलाई दिनको सुरुवातमै जेल बाहिर सशस्त्र सुरक्षागार्डहरूले रोकेका थिए।

राष्ट्रपति बुकेलेले सिनेटर र अब्रेगो गार्सियाको भेटको तस्बिर मा पुनः पोष्ट गर्दै कैदीको अवस्था प्रति देखाइएको चासोमाथि व्यङ्ग्य गरेका छन् ।

‘अब उहाँ ‘मृत्यु शिविरु र ‘यातनाको’ थलोबाट चमत्कारी रूपमा उठ्नुभएको छ र एल साल्भाडोरको ‘उष्णदेशीय स्वर्गु मा छन्,’ राष्ट्रपति बुकेलेले लेखे।

‘अब जब उनी स्वस्थ छन् भन्ने पुष्टि भइसकेको छ, उनलाई एल साल्भाडोरको हिरासतमा रहने सम्मान दिइनेछ,’ उनले थपे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com