युक्रेन र अमेरिकाबीच खनिज सम्झौतामा उल्लेखनीय प्रगति, चाँडै समझदारी पत्रमा हस्ताक्षर हुने


प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार

(250301) — BEIJING, March 1, 2025 (Xinhua) — U.S. President Donald Trump (2nd L) welcomes Ukrainian President Volodymyr Zelensky (2nd R) at the White House in Washington, D.C., the United States, on Feb. 28, 2025. A press conference at the White House scheduled for Friday where U.S. President Donald Trump and Ukrainian President Volodymyr Zelensky planned to sign the U.S.-Ukraine minerals deal was canceled, following a tense shouting match between the two inside the Oval Office earlier in the day. (Xinhua/Hu Yousong)

युक्रेन र अमेरिकाबीच खनिज सम्झौताका लागि भइरहेको वार्तामा ‘उल्लेखनीय प्रगति’ भएको युक्रेनकी प्रथम उपप्रधानमन्त्री युलिया स्विरिदेन्कोले बताएकी छन्। उनले निकट भविष्यमा दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गर्ने जानकारी दिएकी छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी आक्रमणविरुद्ध युक्रेनको युद्ध अन्त्य गर्ने प्रयासको हिस्साको रूपमा यो द्विपक्षीय खनिज सम्झौता अघि बढाइरहेका छन्। साथै, यो सम्झौतालाई अमेरिकाले युक्रेनलाई प्रदान गरेको अरबौं डलरको सैन्य सहायता रिकभर गर्ने माध्यमको रूपमा पनि हेरिएको छ। यद्यपि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विगतको अमेरिकी सैन्य सहायतालाई ऋणको रूपमा मान्यता नदिने स्पष्ट पारेका छन्।

स्विरिदेन्कोले सामाजिक सञ्जाल एक्समा लेख्दै दुवै देशका प्राविधिक टोलीहरूले सम्झौतामा गहन रूपमा काम गरेको र कानुनी टोलीले मस्यौदा सम्झौताका केही बुँदाहरू समायोजन गरेको बताइन्। उनले यो सम्झौताको काम निरन्तर जारी रहने र प्रगति रेकर्ड गर्न पहिलो चरणको रूपमा समझदारी पत्रमा हस्ताक्षर गर्ने सहमति भएको उल्लेख गरिन्।

युक्रेनका उप-अर्थमन्त्री तारास काच्काले राष्ट्रिय टेलिभिजनमा बोल्दै वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको र चाँडै अस्थायी कागजात वा समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने सम्भावना रहेको बताए। ‘यो हप्ता अन्तिम सम्झौतामा हस्ताक्षर नहुने भए पनि अमेरिकी पक्षले प्रस्ताव गरेका विचारहरूलाई थप विकास गर्न धेरै काम गर्न बाँकी छ’, उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्लूमबर्ग न्यूजका अनुसार, सन् २०२२ मा रुसी आक्रमणपछि युक्रेनलाई प्रदान गरेको सहायताको लागत अनुमानलाई अमेरिकाले ३०० अर्ब डलरबाट घटाएर १०० अर्ब डलरमा झारेको छ। गत महिना ट्रम्प प्रशासनले प्रस्ताव गरेको नयाँ खनिज सम्झौताले युक्रेनलाई भविष्यको सुरक्षा ग्यारेन्टी नदिने, तर युक्रेनी क्षेत्रमा प्राकृतिक स्रोतको दोहनबाट प्राप्त आय संयुक्त लगानी कोषमा राख्नुपर्ने प्रावधान राखेको छ।

यो सम्झौता युक्रेनको संसदबाट अनुमोदन हुनुपर्नेछ र यसले दुवै देशको आर्थिक वृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ। स्विरिदेन्कोले यो सम्झौताले युक्रेनमा लगानी र विकासका अवसरहरू सिर्जना गर्ने र दुवै देशका लागि ठोस आर्थिक वृद्धिको आधार तयार गर्ने बताएकी छन्।

‘यो सम्झौताले युक्रेन र अमेरिकाको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछ’, उनले थपिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com