आयातित सेमीकन्डक्टर चिप्समा चाँडै शुल्क लगाइँदैछ : अमेरिकी राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : बैशाख १, २०८२ सोमबार

Trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित सेमिकन्डक्टरहरूमा लाग्ने करको दर अर्को हप्ता घोषणा गर्ने बताएका छन्। उनले आइतबार प्रविधि क्षेत्रका केही कम्पनीहरूसँग लचिलोपन अपनाइने संकेत गरेका छन्

ट्रम्पको यो कदमले स्मार्टफोन र कम्प्युटरहरूलाई चीनमाथिको पारस्परिक करबाट छुट दिने निर्णय छोटो समयका लागि मात्र हुने देखिएको छ। उनले सेमिकन्डक्टर क्षेत्रमा व्यापारलाई पुनर्स्थापित गर्ने लक्ष्य राखेका छन्। “हामी हाम्रा चिप्स र सेमिकन्डक्टरहरू हाम्रो देशमा बनाउन चाहन्छौं”, ट्रम्पले वेस्ट पाम बीचबाट वाशिंगटन फर्कने क्रममा पत्रकारहरूलाई भने। उनले स्मार्टफोनजस्ता उत्पादनहरू छुटमा पर्न सक्ने वा नसक्ने बारे स्पष्ट जवाफ दिएनन्, तर “लचिलोपन आवश्यक छ, कोही पनि कठोर हुनुहुँदैन” भने।

आइतबारै ट्रम्पले सेमिकन्डक्टर क्षेत्रमा राष्ट्रिय सुरक्षा व्यापार जाँचको घोषणा गरे। उनले सामाजिक सञ्जालमा लेखे, “हामी सेमिकन्डक्टर र सम्पूर्ण इलेक्ट्रोनिक्स आपूर्ति श्रृंखलालाई राष्ट्रिय सुरक्षा कर जाँचमा हेर्दैछौं।”

यसअघि शुक्रबार ह्वाइट हाउसले तीव्र पारस्परिक करहरूबाट स्मार्टफोन र ल्यापटपजस्ता उत्पादनहरूलाई छुट दिने घोषणा गरेको थियो, जसले प्रविधि उद्योग र उपभोक्ताहरूलाई राहतको आशा जगाएको थियो। तर, ट्रम्पका वाणिज्य सचिव हवार्ड लुटनिकले आइतबार चीनबाट आउने महत्वपूर्ण प्रविधि उत्पादनहरूमा आगामी दुई महिनाभित्र सेमिकन्डक्टरसहित छुट्टै कर लाग्ने स्पष्ट पारे। “यी उत्पादनहरू पारस्परिक करबाट छुट छन्, तर सेमिकन्डक्टर करमा समावेश छन्, जुन एक वा दुई महिनामा लागू हुनेछ”, लुटनिकले भने। उनले यस्ता करले प्रविधि उत्पादनलाई अमेरिकामा ल्याउने दाबी गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो नीतिले विश्व बजारमा अस्थिरता निम्त्याएको छ। ट्रम्पको शपथग्रहण (जनवरी २०) यता अमेरिकी स्टक बजारको स्ट्यान्डर्ड एन्ड पूअर ५०० सूचकांक १०५ भन्दा बढीले घटेको छ। नेपालमा पनि स्मार्टफोन, ल्यापटप र अन्य इलेक्ट्रोनिक्स सामानको मूल्यवृद्धि हुने जोखिम बढेको छ, किनकि नेपाल यस्ता सामानहरूको आयातमा निर्भर छ।

चीनले पनि जवाफी कदम चालेको छ। शुक्रबार उसले अमेरिकी आयातमा १२५ प्रतिशत कर वृद्धि गर्‍यो र ट्रम्पको छुट नीतिको प्रभाव मूल्यांकन गरिरहेको बताएको छ। चीनको वाणिज्य मन्त्रालयले भनेको छ, “बाघको घाँटीमा बाँधिएको घण्टी त्यही व्यक्तिले मात्र खोल्न सक्छ जसले बाँधेको हो।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com