ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीलाई खुशीको खबर, ग्रिनकार्ड फाइल गर्ने मितिमा अग्रता


प्रकाशित मिति : चैत्र ३०, २०८१ शनिबार

अमेरिकी सरकारको विदेश मन्त्रालयअन्तर्गत ब्यूरो अफ कन्सुलर अफेयर्सले शुक्रबार सार्वजनिक गरेको भिसा बुलेटिनअनुसार अमेरिकाभित्र हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोरछोरीहरुले ग्रिनकार्ड फाइल गर्ने मितिमा उल्लेखनीय अग्रता कायम भएको छ। अप्रिलका लागि १५ अक्टोबर २०२४ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले ग्रिनकार्ड फाइल गर्नसक्ने भएकोमा मे महिनाका लागि झण्डै साढे ३ महिना अग्रता कायम हुँदा १ फेब्रुअरी २०२५ भन्दा अगाडि आई १३० फाइल गरेकाहरुले मे महिनामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् ।

अमेरिकाभित्र हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोरछोरीहरुका लागि यो खुशीको खबर हो । किनभने उनीहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेपछि सामान्यतया स्टाटस जोगाउने झन्झट हुँदैन भने वर्क परमिट र सोसल सेक्युरिटी नम्बर समेत प्राप्त गरेर अमेरिकामा काम। गर्न पाउँछन् । साथै आवेदन विचाराधिन रहेको अवस्थामा ट्राभल डकुमेन्ट प्राप्त गरेर अमेरिकाबाहिर यात्रा गर्नसमेत पाउँछन् । तर कतिपय अवस्थामा कानुन व्यवसायीहरुले ग्रिनकार्ड प्राप्त नहुँदासम्म अध्यागमन स्टाटस कायम राखिराख्न समेत सुझाव दिने गरेका छन् ।

फाइल गर्ने मितिमा अग्रता कायम भएतापनि अमेरिकी दूतावासबाट ग्रिनकार्ड वा आप्रवासी भिसा पाउने मितिमा भने हलचल भएको छैन । १ जनवरी २०२२ भन्दा अगाडि प्राथमिकता मिति भएकाग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोरछोरीहरुले मात्र मे महिनामा दूतावासमा अन्तरवार्ताको मिति वा आप्रवासी भिसा पाउनसक्छन् । जसका कारण अप्रिलको तुलनामा अमेरिकाबाहिर ग्रिनकार्ड कुर्नेहरुको प्रतिक्षा अवधिमा भने अझ बृद्धि भएको छ ।

अमेरिकाभित्र ग्रिनकार्ड आवेदन आई ४८५ दिइसकेपछि आवेदनमा निर्णयका लागि भने लामो समय लाग्ने गरेको छ । पछिल्लो तथ्यांक अनुशार परिवारमा आधारित ग्रिनकार्ड स्वीकृत हुन चालु आर्थिक बर्षमा अमेरिकाभित्र हुनेहरुका लागि झण्डै साढे ९ महिना लाग्ने गरेको छ । यो अवधिमा अघिल्लो आर्थिक बर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक बर्षमा परिवारमा आधारित ग्रिनकार्डका लागि औषतमा ९ महिना लाग्ने गरेको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अमेरिकी नागरिकका अमेरिकाबाहिर रहेका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड वा आप्रवासी भिसा पाउन सक्ने प्राथमिकता मिति अप्रिलमा जस्तै मेका लागि पनि १५ मार्च २०१६ नै रहेको छ। अर्थात् मे महिनामा पनि १५ मार्च २०१६ भन्दा अगाडिको प्राथमिकता मिति भएका यस्ता छोराछोरीले ग्रिनकार्ड वा आप्रवासी भिसा प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, अमेरिकी नागरिकका अमेरिकाबाहिर रहेका विवाहित छोराछोरीको सन्दर्भमा मे मा भिसा पाउने प्राथमिकता मिति १ अप्रिल २०११ नै कायम छ । ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा पनि ग्रिनकार्ड वा आप्रवासी भिसा पाउने मितिमा परिवर्तन भएको छैन। यो मिति मे मा पनि २२ जुलाई २०१६ नै कायम रहेको छ।

तर अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले ग्रिनकार्ड वा आप्रवासी भिसा पाउने मितिमा भने फेरबदल भएको छ । यो मिति अप्रिलमा १ अगस्ट २००७ रहेकोमा मेका लागि १ जनवरी २००८ कायम भएको छ । अर्थात् ५ महिनाको अग्रता कायम भएको छ । त्ष्स्तै अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले ग्रिनकार्ड फाइल गर्ने मितिमा पनि मे महिनामा २ महिनाको अग्रता कायम भएको छ । अर्थात् १ जुन २००८ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले मे मा ग्रिनकार्ड आवेदन दिन सक्नेछन् ।

तर परिवारमा आधारित अन्य श्रेणीहरू—अमेरिकी नागरिकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरी, विवाहित छोराछोरी र ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा भने अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। यो मिति अफ्रिलमा क्रमशः १ सेप्टेम्बर २०१७, २२ जुलाई २०१२ र १ जनवरी २०१७ रहेकोमा मे महिनाका लागि पनि सोही मिति कायम रहेको छ। यी मितिहरु चीन, इन्डिया, मेक्सिको र फिलिपिन्सका सन्दर्भमा भने फरक रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com