ट्रम्पको चेतावनीपछि टेक्सासका किसानहरूलाई तत्काल पानी वितरण गर्ने मेक्सिकोको घोषणा


प्रकाशित मिति : चैत्र ३०, २०८१ शनिबार

मेक्सिकोले अमेरिकाको टेक्सास राज्यका किसानहरूलाई तत्काल पानी वितरण गर्ने भएको छ। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबमले शुक्रबार यो घोषणा गरेकी हुन्।

यो कदमले ८१ वर्ष पुरानो पानी बाँडफाँट सन्धिको कमी पूरा गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ, जसले अमेरिका–मेक्सिको सम्बन्धमा तनाव निम्त्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि ट्यारिफको धम्की दिएका छन्।

शेनबमले आफ्नो नियमित पत्रकार सम्मेलनमा मेक्सिकोले सन्धि पालना गर्न वैकल्पिक उपाय खोजिरहेको बताइन्। उनले अमेरिकी अधिकारीहरूलाई प्रस्ताव पठाइसकेको उल्लेख गरिन्। “रियो ग्रान्डेमा पानीको उपलब्धताअनुसार टेक्सासका किसानहरूलाई लाखौँ घनमिटर पानी तत्काल उपलब्ध गराइनेछ,” उनले भनिन्।

सन् १९४४ को सन्धिअनुसार मेक्सिकोले प्रत्येक पाँच वर्षमा रियो ग्रान्डे नदीबाट अमेरिकालाई १ दशमलव ७५ मिलियन एकर-फिट पानी पठाउनुपर्छ। तर, हालको पाँचवर्षे चक्र अक्टोबरमा सकिँदा मेक्सिकोले आवश्यक पानीको ३० प्रतिशतभन्दा कम मात्र पठाएको छ, जसले कूटनीतिक विवाद निम्त्याएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले बिहीबार मेक्सिकोमाथि ट्यारिफ वा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। टेक्सासका रिपब्लिकन नेताहरूले मेक्सिकोले सन्धिलाई बेवास्ता गरी किसानहरूलाई हानि पुर्‍याएको आरोप लगाएका छन्।

शेनबमले खडेरीका कारण पानीको उपलब्धता कम भएकोले सन्धि पालना गर्न कठिनाइ भएको बताएकी छन्। उनले आगामी दिनमा सम्झौता हुने विश्वास व्यक्त गरिन् र सन्धिलाई “निष्पक्ष” भनेकी छन्।

मेक्सिकोका कृषिमन्त्री जुलियो बेर्डेगुले शुक्रबार अमेरिकी कृषि सचिव ब्रूक रोलिन्स र उपमन्त्री क्रिस्टोफर लान्डोसँग सन्धि पालना गर्ने विषयमा छलफल भएको बताए। उनीहरूले यो वर्षको पानी वितरण र मेक्सिकोका उत्तरी राज्यहरूमा सिँचाइ प्रविधिबारे कुराकानी गरे।

मेक्सिकोले अमेरिकालाई १२२,००० एकर-फिट पानी पठाउने सहमति गरेको छ र थप ८१,००० एकर-फिट पानी वितरणको विकल्पमा काम गरिरहेको एक अधिकारीले जनाएका छन् । तर, यो थप पानीले पनि सन्धिअनुसार मेक्सिकोले पठाउनुपर्ने पानीको ४० प्रतिशत भन्दा कम मात्र हुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com