अमेरिकामा विदेशी नागरिक दर्ताको डेडलाइन आज, पालना नगर्नेहरूलाई जेल र जरिवानाको चेतावनी


प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी अन्तर्गतको युएससीआईएसले आप्रवासी दर्ता सुरु गरेकोमा त्यसको अन्तिम मिति अप्रिल ११, शुक्रबार रहेको उल्लेख गर्दै डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले दर्ता नगर्नेलाई जेल र जरिवानाको चेतावनी दिएको छ। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भनेको छ, “आज अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि रहेका विदेशी नागरिकहरूलाई संघीय सरकारमा दर्ता गर्न अन्तिम मिति दिइएको छ। पालना नगरेमा यो जरिवाना र जेल सजाय हुन सक्ने अपराध हो।”

यसबारे मार्च १२ मा फेडरल रजिस्टरमा सूचना प्रकाशित भएकोमा त्यसको कार्यान्वयनका लागि ३० दिनको समय दिइएको थियो। उक्त समय अप्रिल ११ मा सकिँदैछ। दर्ता गर्नुपर्ने विदेशी नागरिकहरूले जी-३२५ आर नामको फारम भर्नुपर्नेछ। यो फारम युएससीआईएसको अनलाइन खातामा उपलब्ध छ।

नयाँ नियमले हालको दर्ता प्रणालीका कमजोरीहरू हटाउन मद्दत गर्नेछ। युएससीआईएसले जारी गरेको यो नियम अनुसार अवैध रूपमा प्रवेश गरेका, क्यानाडाबाट घुम्न आएका तर आई-९४ नपाएका, र १४ वर्ष पुगेका बालबालिकाहरूले ३० दिनभित्र दर्ता गर्नुपर्नेछ। १४ वर्षभन्दा माथिका ३० दिनभन्दा बढी अमेरिकामा बस्ने व्यक्तिले दर्ता गर्नुपर्ने र फिंगरप्रिन्ट दिनुपर्ने नियममा उल्लेख छ। कसैले जानाजानी दर्ता नगरे वा फिंगरप्रिन्ट नदिए ५ हजार डलरसम्मको जरिवाना वा ६ महिनाको जेल सजाय, वा दुवै सजाय हुन सक्नेछ।

दर्ता गर्नका लागि व्यक्तिहरूले माई युएससीआईएस पोर्टलमा खाता खोल्नुपर्नेछ र फारम जी-३२५ भर्नुपर्नेछ। यो फारम हाल निःशुल्क छ। यसलाई बुझाएपछि युएससीआईएसको एप्लिकेसन सपोर्ट सेन्टरमा बायोमेट्रिक्स अपोइन्टमेन्ट प्राप्त हुनेछ। बायोमेट्रिक्स अपोइन्टमेन्टमा व्यक्तिको फिंगरप्रिन्ट, फोटो र हस्ताक्षर लिइनेछ, जसले उनीहरूको पहिचान प्रमाणित गर्न र संघीय अनुसन्धान ब्युरो (एफबीआई) को आपराधिक इतिहास रेकर्ड जाँच गर्न सहयोग गर्छ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

बायोमेट्रिक्स प्रक्रिया पूरा भएपछि युएससीआईएसले दर्ता प्रमाणपत्र जारी गर्नेछ, जुन व्यक्तिले युएससीआईएसको खाता मार्फत डाउनलोड गर्न सक्नेछन्। १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिले यो प्रमाणपत्र सधैं साथमा बोकेर हिँड्नुपर्नेछ। यदि बोकेनन् भने ५ हजार डलर जरिवाना वा ३० दिनको जेल सजाय हुन सक्ने प्रावधान रहेको छ।

यो नियम लागू भएपछि अवैध रूपमा प्रवेश गरेका, शरणका लागि आवेदन दिएका वा टीपीएस लिएका व्यक्तिहरूका लागि पनि स्पष्ट दर्ता प्रक्रिया हुनेछ। यो नियमबाट आई-९४ जारी नभएका क्यानाडाबाट स्थल मार्ग हुँदै अमेरिका छिर्ने व्यक्तिहरू पनि प्रभावित हुन्छन्। तर, क्यानडामा जन्मिएका अमेरिकी आदिवासीहरूलाई भने यो नियम लागु हुँदैन।

हाललाई फारमको दर्ता र बायोमेट्रिक्स निःशुल्क भए पनि भविष्यमा फिंगरप्रिन्ट, पृष्ठभूमि जाँच र अन्य सेवाहरूको लागत उठाउन ३० डलरको बायोमेट्रिक्स शुल्क लगाउने युएससीआईएसले प्रस्ताव गरेको छ। यसबारे सार्वजनिक टिप्पणी गर्ने ३० दिनको समय पनि समाप्त भइसकेको छ।

यो नियमले २.२ मिलियनदेखि ३.२ मिलियन व्यक्तिलाई प्रत्यक्ष प्रभाव पार्ने युएससीआईएसको अनुमान छ। यो नियम जनवरी २०, २०२५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेश १४१५९ अनुसार लागू गरिएको हो, जसले विदेशी दर्ता नियमको कडाइका साथ कार्यान्वयन सुनिश्चित गर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com