पोखरास्थित लखन थापाको शालिक रातारात किन हटाइए ?


प्रकाशित मिति : आश्विन ११, २०७४ बुधबार

पोखरा लेखनाथ महानगरपालिकास्थित शहीद लखन थापा मगरको रातारात प्रशासनले शालिक हटाएको छ । शालिकले बढी ठाउँ ओगटेको भन्दै गएराति लखनचोकमा रहेको शालिक हटाएको हो ।

शालिक हटाएर बेपत्ता पारिएको छ । शालिक हटाउने नभइ सानो साइजको आइल्याण्ड बनाएर शालिक पुनस्र्थापन गर्ने विषयमा पोखरा लेखनाथ महानगरपालिकाले यसअघि पनि छलफल चलाउँदै आएको थियो ।

पोखरास्थित लखनचोकमा रहेको लखन थापामगरको शालिकको फाइल तस्वीर ।

गएराति शालिक हटाएपछिको लखन चोक ।

महानगरपालिका र मगर संघ पोखराबीच सहमति गरेर मूर्ति पुनस्र्थापना गर्ने छलफल चलिरहेकै बेला स्थानीय प्रशासनले रातारात शालिक हटाएपछि मगर समुदाय आक्रोसित बनेको छ ।

दशैंको मुखमा भएको प्रशासनिक हस्तक्षेपविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे स्थानीय स्तरमा छलफल भइरहेको अधिकारकर्मीहरुले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com