अमेरिकी विमान निर्माता कम्पनी बोइङद्वारा मार्चमा ४१ जेटहरू डेलिभरी, तीन महिनामा मात्रै १३०


प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार

अमेरिकी विमान निर्माता कम्पनी बोइङले मार्च महिनामा ४१ जेटहरू डेलिभर गरेको गरेको छ। यो संख्या गत वर्षको सोही महिनामा डेलिभर गरिएको २९ जेटभन्दा बढी भए पनि जनवरीमा हस्तान्तरण गरिएको ४५ र फेब्रुअरीको ४४ भन्दा केही कम हो।

वर्ष २०२५ को पहिलो तीन महिनामा बोइङले कुल १३० जेटहरू डेलिभर गरेको छ, जसमा यसको सबैभन्दा लोकप्रिय ७३७ म्याक्सका १०४ जेटहरू समावेश छन्। यो संख्या सन् २०२४ को पहिलो त्रैमासिकमा डेलिभर गरिएको ८३ जेटहरू (६६ म्याक्स सहित) भन्दा उल्लेखनीय रूपमा बढी हो। तर, गत वर्ष श्रम हड्ताल, नियामक जाँच र आपूर्ति श्रृंखलाको अवरोधले बोइङको उत्पादन र डेलिभरीमा ठूलो असर पारेको थियो।

उदाउँदै गरेको व्यापार युद्धले बोइङको उत्पादनमा थप चुनौती थप्न सक्ने देखिएको छ। बोइङको प्रमुख कम्पोनेन्ट आपूर्तिकर्ता हाउमेट एरोस्पेसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लागू गरिएका करहरूले आफ्ना केही ढुवानीहरू रोक्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ। यसले बोइङको उत्पादन प्रक्रियालाई अझ जटिल बनाउन सक्छ।

बोइङको युरोपेली प्रतिस्पर्धी एयरबसले मार्चमा ७१ विमान र पहिलो तीन महिनामा १३६ जेटहरू डेलिभर गरेको छ। तर, जीई र साफ्रानको संयुक्त उद्यम सीएफएम इन्टरनेशनलको जेट इन्जिन अभावले एयरबसको डेलिभरीमा पनि बाधा पुगेको कम्पनीले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बोइङले मार्चमा वर्षकै सबैभन्दा धेरै नयाँ अर्डर प्राप्त गरेको छ। कम्पनीले १६३ नेट अर्डरहरू बुक गरेको छ, जसमा १९२ ग्रस अर्डर र २९ रद्द समावेश छन्। यी अर्डरमा ८८ वटा ७३७ म्याक्स विमानहरू छन्, जसमा सिंगापुरको बीओसी एविएसनबाट ५०, जापान एयरलाइन्सबाट १७ र अज्ञात ग्राहकबाट २१ अर्डर छन्। साथै, ११ वटा ७७७ फ्रेटर (फेडएक्सका लागि ८ सहित), ४० वटा ७७७ एक्स (कोरियन एयरका लागि २० सहित) र ५३ वटा ७८७ (कोरियन एयरका लागि २० सहित) अर्डरहरू प्राप्त भएका छन्।

वर्षको पहिलो तीन महिनामा बोइङले कुल २४१ नयाँ अर्डर बुक गरेको छ। रद्द र रूपान्तरण समायोजनपछि २०४ नेट अर्डरहरू रेकर्ड गरिएको छ, जसले कम्पनीको अर्डर ब्याकलग ५,६४८ पुगेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com