ट्रम्पको ट्यारिफपछि बेलायती प्रधानमन्त्रीले भने – ‘म पनि देशको हितमा निर्णय लिनेछु’


प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

बेलायती प्रधानमन्त्री कीअर स्टार्मरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करप्रति प्रतिक्रिया जनाएका छन्। उनले अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो देशको हितमा निर्णय लिएको बताए । उनले आफुले अब बेलायतको हितमा निर्णय लिने सकेत उल्लेख गरे ।

उनले भने, ‘हिजो राति अमेरिकी राष्ट्रपतिले आफ्नो देशको हितमा निर्णय लिनुभयो। अब म पनि बेलायतको हितमा निर्णय लिनेछु।’

उनले आगामी दिनहरुमा आफुहरुले लिे निर्णय राष्ट्र, अर्थतन्त्र, व्यवसाय र जनताको हितमा हुने स्पष्ट पारे । उनले भने, ‘आगामी दिन र हप्ताहरूमा हामीले लिने कुनै पनि निर्णय हाम्रो राष्ट्र, अर्थतन्त्र, व्यवसाय र जनताको हितमा हुनेछ।’

प्रधानमन्त्री स्टार्मरले अमेरिकाको नयाँ निर्णयले बेलायतसँगै विश्वको अर्थतन्त्रमा प्रभाव पार्ने बताउँदै आफुहरु पूर्ण रुपमा तयार रहेको जिकिर गरे । उनले आफुहरुको सबै शक्ति भनेकै हरेक परिस्थितिमा शान्त र बुद्धिमानीपूर्वक काम गर्ने रहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केयर स्टारमर भन्छन्, ‘यो स्पष्ट छ कि अमेरिकाको यो निर्णयले हाम्रो र विश्वको अर्थतन्त्रमा प्रभाव पार्नेछ। तर म स्पष्ट रूपमा भन्न चाहन्छु, हामी यसको लागि पूर्ण रूपमा तयार छौं। हाम्रो सबैभन्दा ठूलो शक्ति भनेको हामी हरेक परिस्थितिमा शान्त र बुद्धिमानीपूर्वक काम गर्छौं।’

उनले व्यापार युद्धमा कसैले पनि जित्न नसक्ने स्पष्ट पारे । ‘व्यापार युद्धमा कसैले पनि जित्दैन र यो हाम्रो हितमा छैन।’, उनले भने ।

प्रधानमन्त्री स्टार्मरले डोनाल्ड ट्रम्पसँग कुनै पनि सम्झौता बेलायतको लागि फाइदाजनक भएमा मात्र गर्ने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com