भूकम्पले निर्माणाधीन ३० तल्ले भवन भत्किएपछि चीनले भन्यो – निर्माण कानुनको पालना गर्नू
प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार
Heavy construction equipment is used by rescue teams trying to find people trapped in the rubble at the site of an under-construction building collapse in Bangkok on March 29, 2025, a day after an earthquake struck central Myanmar and Thailand. The death toll from a huge earthquake that hit Myanmar and Thailand passed 1,000 on March 29, as rescuers dug through the rubble of collapsed buildings in a desperate search for survivors. (Photo by Lillian SUWANRUMPHA / AFP)
गत साताको भूकम्पमा एक चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको एक भवन ढलेपछि चिनियाँ दूतावासले विदेशमा कार्यरत चिनियाँ कम्पनीहरूलाई स्थानीय कानूनको पालना गर्न आह्वान गरेको छ ।
थाइल्याण्डको राजधानी बैङ्कक र म्यान्मामा शुक्रबार गएको ७.७ म्याग्निच्यूडको भूकम्पका कारण बैङ्ककमा ३० तल्ले गगनचुम्बी भवन भत्किएको थियो ।
थाइल्याण्डका अधिकारीहरूले उक्त संरचनामा गुणस्तरहीन रड प्रयोग गरेको आशङ्कामा जिम्मेवार निर्माण कम्पनीहरूमाथि अनुसन्धान सुरु गरेको बताएका छन्।
बैङ्ककको लोकप्रिय चाटुचक बजार नजिकैको विकास चाइना रेलवे नम्बर १० चिनियाँ इन्जिनियरिङ ग्रुप र थाइल्याण्डको एक संयुक्त परियोजना थियो । चीन रेलवे ग्रुप ९सीआरईसी० को उक्त शाखा विश्वको सबैभन्दा ठूलो निर्माण र ईन्जिनियरिङ् ठेकेदारमध्ये एक मानिन्छ ।
बैङ्ककस्थित चिनियाँ दूतावासले मङ्गलबार राति भूकम्पका कारण भवन ढली भएको मानवीय क्षति प्रति दुःख व्यक्त गर्दै मृतक कामदारका परिवारमा समवेदना प्रकट गरेको छ ।
दूताबासले कम्पनीहरूलाई थाई कानूनको कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
“चीन सरकारले विदेशमा रहेका चिनियाँ कम्पनीहरूलाई स्थानीय कानुनको पालना गर्न र विदेशी भूमिमासकारात्मक योगदान गर्न निरन्तर आग्रह गर्दै आएको छ,” दूतावासले थाई भाषामा फेसबुकमा संप्रेषित सन्देशमा लेखेको छ।
बेइजिङले बैङ्ककमा सहयोग गर्न उद्धार विज्ञ र विपद् राहत कर्मीहरूको एक टोली पठाएको छ र ‘थाइल्याण्डलाई आवश्यकताअनुसार सहयोग जारी राख्ने’ प्रतिबद्धता जनाएको छ।
बेइजिङले चिनियाँ कम्पनीहरूलाई थाई अधिकारीहरूसँग ‘मेहनत साथ’ उद्धारमा सहयोग गर्न पनि आग्रह गरेको छ।
परियोजनाको स्थानीय साझेदार इटालियन–थाई डेभलपमेन्ट (आईटीडी) ले सोमबार भूकम्पपीडितप्रति समवेदना प्रकट गरेको छ तर यस घटनाले अन्य परियोजनामा असर नपार्नेमा आफू विश्वस्त रहेको बताएको छ ।
थाइल्यान्डमा भूकम्पका कारण भएको यो अहिलेसम्मकै सबैभन्दा घातक घटना हो, जसमा राज्यका २२ जनाको मृत्यु भएको र तीमध्ये अधिकांश निर्माणस्थलमा कार्यरत कामदार रहेको अनुमान गरिएको छ ।








