म्यानमारमा भूकम्पका कारण उच्चस्तरको आपत्कालीन अवस्था, ८० लाख अमेरिकी डलर माग


प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

(250329) — MANDALAY, March 29, 2025 (Xinhua) — This photo taken on March 29, 2025 shows a damaged building after an earthquake in Mandalay, Myanmar. A 7.9-magnitude earthquake struck Myanmar on Friday. The information team of Myanmar’s State Administration Council said 1,002 people have been killed, 2,376 were injured, and 30 remain missing. (Photo by Myo Kyaw Soe/Xinhua)

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले म्यानमारमा गएको भूकम्प उच्चस्तरीय आपतकालीन अवस्था भएको बताउँदै जीवन रक्षा र रोगको प्रकोप रोक्न तत्काल ८० लाख अमेरिकी डलर माग गरेको छ ।

डब्लूएचओले देशमा सीमित शल्यक्रिया क्षमताका कारण ठूलो संख्यामा हताहत र आघातमा घाइते भएकाहरू संक्रमणको उच्च जोखिममा रहेको बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले भूकम्पले रोगको जोखिम बढाउने सम्भावना रहेको बताएको छ।

“डब्लुएचओले यस सङ्कटलाई तेस्रो तहको सङ्कटका रूपमा वर्गीकृत गरेको छ, जुन यसको इमर्जेन्सी रेस्पोन्स फ्रेमवर्क अन्तर्गत सक्रियताको उच्चतम स्तर हो,” संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले कोषका लागि गरेको अपिलमा भनिएको छ ।

म्यानमारको मान्डले शहर नजिकै शुक्रबार ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्यूडको परकम्प गएको थियो । भूकम्पका कारण म्यानमामा एक हजार ७०० भन्दा बढी र छिमेकी मुलुक थाइल्याण्डमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“‘प्रारम्भिक आँकलन’ ले म्यान्मामा हताहत हुने र आघातसँग सम्बन्धित घाइतेहरूको सङ्ख्या उच्च रहेको देखिन्छ । यसलाई आपतकालीन हेरचाहको लागि तत्काल आवश्यकता पर्दछ। विद्युत् र पानीको आपूर्ति अवरुद्ध भएको छ, स्वास्थ्य सेवाहरूको पहुँच बिग्रिरहेको छ र पानीजन्य र खाद्यजन्य रोगहरूको प्रकोपको जोखिम बढेको छ,” डब्लुएचओले भनेको छ।

“आघातसँग सम्बन्धित चोटहरू हात वा खुट्टा वा शरिरका अन्य भागको हाड भाँचिने, चर्किने, खुला घाउसहित सीमित शल्य चिकित्सा क्षमता र अपर्याप्त सङ्क्रमण रोकथाम र नियन्त्रणको कारण सङ्क्रमण र जटिलताहरूको उच्च जोखिम छ ।”, डब्लुएचओले भनेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com