क्यानडाको भिसा लगाइदिने प्रलोभनमा थाइल्यान्ड पुर्‍याइका ५ नेपालीको उद्धार


प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

क्यानडाको भिसा लगाइदिने प्रलोभनमा थाइल्यान्डमा पुर्‍याइ अलपत्र पारिएका ५ जना नेपालीलाई स्वदेश फर्काइएको छ ।

थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासले क्यानडाको भिसा लगाइदिने भन्दै थाइल्यान्ड ल्याई बिचौलियाले अलपत्र पारेका ५ जना नेपालीलाई उद्धार गरी शुक्रबार नेपाल फर्काएको हो । नेपाल फर्काइएका ५ जना मध्ये ४ जना पुरुष र एक जना महिला रहेको राजदूतावासले जनाएको छ ।

राजदूतावासका अनुसार बिचौलियाले राहदानी आफैसँग लिई उनीहरूलाई थाइल्यान्डमा अलपत्र पारेका थिए ।

राजदूतावासले सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान पटक-पटक आग्रह गर्दै आएको छ । कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउन र यस प्रकारको प्रलोभनमा नपर्न समेत राजदूतावासले आग्रह छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजदूतावासले भनेको छ, “नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउन र यस प्रकारको प्रलोभनमा नपर्न हुन राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com