ट्रम्प र किमको वाकयुद्ध ‘बच्चाहरूको झगडाजस्तै’


प्रकाशित मिति : आश्विन ८, २०७४ आईतबार

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका : रुसी विदेशमन्त्री सर्गेइ लाभरोेभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच पछिल्लो समय भइरहेका भनाभन ‘बच्चाहरुको झगडा जस्तै’ भएको बताउनु भएको छ ।

ट्रम्प र किमबीच एक अर्कालाई होच्याउने वा नजरअन्दाज गर्नेखालका अभिव्यक्तिको आदान प्रदानलाई लिएर रसियाली विदेशमन्त्री लाभरोभ उक्त प्रतिक्रिया दिनुभएको हो ।

अमेरिकी राष्ट्रपतिले केही दिन पहिले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियालाई पूरै ध्वस्त पारिदिने अमेरिकाको क्षमता रहेको बताएपछि किमले ट्रम्पलाई ‘दिमागी हालत ठीक नभएको गुण्डा’ भन्नुभएको थियो ।

यसकोे प्रतिक्रियामा ट्रम्पले उत्तर कोरियाली नेता किमलाई शुक्रबार ‘एकजना पागल मानिस जसलाई अहिलेसम्म नगरिएको जाँच गरिनेछ’ भनी ट्वीट गरेका सामाजिक सञ्जालमा पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बाहिर ल्याएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किमले ट्रम्पको भाषणलाई ’कुकुरको भुकाइ’ को संज्ञा दिएको बिषय नसेलाउँदै थप वाकयुद्धको अवस्था देखिएपछि लाभरोभको भनाइ आएको छ ।

राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहनुभएका रसियाली विदशमन्त्री लाभरोभले दुई नेताबीचको ‘तनाव शान्त पार्न’ जरुरी रहेको शनिबार एक पत्रकार सम्मेलन गरी बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “न त कोरियाली प्रायद्वीपमा युद्ध थाल्नु हामीलाई स्वीकार्य कुरा हुन सक्छ न उत्तर कोरियाको पारमाणु अस्त्र विकासलाई चुपचाप हेरेर बस्न नै ।” समस्याको समाधान राजनीतिक प्रक्रियाबाट खोज्नुपर्छ । यो संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को एउटा जिम्मेवारी पनि हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com