पाँच लाखभन्दा बढी बालबालिकामा घातक कुपोषण


प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार

यमनका पाँच वर्षमुनिका आधा बालबालिका कुपोषित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा पाँच वर्षमुनिका प्रत्येक दुईमध्ये एक बालबालिका गम्भीर कुपोषणको शिकार भएका छन् । तीमध्ये पाँच लाखभन्दा बढी घातक कुपोषणबाट प्रभावित छन् ।

संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले यमनमा एक दशकदेखि चलिरहेको द्वन्द्वले बाल्यकाल खोसेको र एउटा सम्पूर्ण पुस्तालाई बाँच्नको लागि सङ्घर्ष गर्न बाध्य पारेको चेतावनी दिएको छ ।

त्यहाँ मानवीय सङ्कट पनि बढ्दै गइरहेको छ । “पाँच वर्ष मुनिका दुई मध्ये एक बालबालिका तीव्र कुपोषित छन्,” युनिसेफका यमन प्रतिनिधि पिटर हकिन्सले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भनेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“ती मध्ये पाँच लाख ३७ हजार भन्दा बढी बालबालिकाहरू गम्भीर तीव्र कुपोषणबाट ग्रस्त छन् । यो अवस्था पीडादायी रहेको छ,” उनले भने ।

“कुपोषणले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ, विकास रोक्छ,” हकिन्सले उल्लेख गरे ।

यमनमा यो केवल स्वास्थ्य सङ्कट मात्र होइन । यो हजारौंको लागि पनि मृत्युदण्ड हो । यमनका हुथी विद्रोहीले देशको ठूलो भूभाग कब्जा गरेका छन् ।

उनीहरू सन् २०१५ देखि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनसँग युद्धमा छन् । जसले ठूलो मानवीय सङ्कट निम्त्याएको छ ।

हकिन्सले पश्चिमी तटका केही क्षेत्रहरूमा गम्भीर कुपोषणको स्तर ३३ प्रतिशत पुगेको जानकारी दिए । यो एक प्रकोप हो, जसमा हजारौं मानिस मर्नेछन् उनले भनेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com