अमेरिकामा कार्यक्रम आयोजकबाट यौन दुर्व्यवहार भएको गायिका निक्की कार्कीको आरोप ( भिडियो )


प्रकाशित मिति : आश्विन ७, २०७४ शनिबार

अमेरिकामा बस्दै आएकी गायिका निक्कि कार्कीले आफू नर्थ क्यारोलिनामा स्टेज शो गर्न पुगेको बेलामा आफूमाथी यौन दुर्व्यवहार भएको दाबि गर्दै फेसबुक लाईभ मार्फत आफ्नो पिडा पोखेकी छिन्।

नर्थ क्यारोलिनामा स्टेज शो गर्न पुगेकी उनीलाई आयोजक मध्येका एकले यौन दुर्ब्यबहार गरेको बताएकी छिन्।

आयोजक संस्थाका एक ब्यक्तिले आफूलाई होटलमा लगेर एउटै बेडमा मिलेर सुतौ भनेको र कार्यक्रम चलिरहदाँ पर्दा पछाडि (ब्याक स्टेज) मा गएर आफ्नो कोठामा गएर बियर पिउन जाउँ भनेर जिद्धि गरेको र त्यो सबै गलत नियतले भनेको हुँदा आफू माथिको यौन दुर्व्यवहार भएको आरोप लगाएकी छिन्।

आफूमाथीको दुर्व्यवहार बारे अमेरिकी प्रहरीलाई समेत रिपोर्ट गरेको र प्रहरीले दुर्व्यवहार गर्ने व्यक्तिले हातपात नगरेको र खाली मुखले मात्रै भनेको कुरालाई लिएर कारबाहि गर्न नमिल्ने बताएको हुँदा आफू अन्यायमा परेको बताईन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२० बर्षीया कार्कीले उक्त दिनदेखि आफूलाई मानसिक तनाब बढेको त्यसको असर पढाई,काममा र गित रेकर्डिंगमा समेत परेका र दुर्व्यवहार गर्ने ब्यक्तिलाई सम्बन्धित संस्थाले कारबाहि गर्ने बताएपनी हालसम्म कुनै पनि कारबाहि नगरेकोमा चिन्ता ब्यक्त गर्दै बाध्य भएर आफूमाथीको यौन दुर्व्यवहार फेसबुक पेज मार्फत सार्बजानिक गर्न परेको जानकारी दिएकी छिन्।

भिडीयो हेर्न यहाँ तल क्लिक गर्नुहोला

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com