पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका आस्था राउतले अमेरिकाका विभिन्न शहरमा प्रस्तुति गर्ने


प्रकाशित मिति : आश्विन ७, २०७४ शनिबार

विजय थापा वाशिंगटन डीसी

अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित तथा विविध कार्यक्रम सफलता पूर्वक गर्दै आएको थ्रीई इन्टरटेनमेन्ट को आयोजनामा हुन् लागेको वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रममा पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका आस्था राउतले अमेरिकाका विभिन्न शहरमा प्रस्तुति गर्ने भएका छन् l

अमेरिकाका नौ वटा शहर सिनसिनाटी ,सेन्ट लुइस ,एट्लान्टा ,बोस्टन ,न्युयोर्क,वाशिंगटन डिसी ,बाल्टिमोर ,ड्यालस,ओकलाहामा अभया एण्ड द स्टीम ईन्जनस् संगीत मण्डली ,गायिका आस्था राउत र पूर्व नेपाल सुन्दरी मलिना जोशी सहितको सांगीतिक टोलिले अक्टोबर ७ देखि अक्टोबर २९ सम्म अमेरिकामा प्रस्तुति गर्ने छन् l

नेपाली सांगीतिक आकाशमा राम्रो पहिचान दिन सफल भएका लोकप्रिय गायिकाहरुको समुहले आफ्ना स्वरमा गीतहरु प्रस्तुत गर्ने यो संगीत समारोह नेपालमा निकै नै लोकप्रिय छ ।अमेरिका विभिन्न राज्यमा हुने यो संगीत कार्यक्रमको आयोजक भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्ट समूह कार्यक्रमलाई कसरि सफल बनाउने बिषयमा बिशेष काम गरि रहेको बताएका छन् l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वुमन इन कन्सर्ट युएस यात्रा २०१७ अन्तर्गत सिनसिनाटीमा अक्टोबर ७,,सेन्ट लुइसमा अक्टोबर ८ ,एट्लान्टामा अक्टोबर १५ ,बोस्टनमा अक्टोबर १७ ,न्युयोर्कमा अक्टोबर २० ,वाशिंगटन डिसीमा अक्टोबर २१ ,बाल्टिमोरमा अक्टोबर २२, टेक्सस ड्यालसमा अक्टोबर २७ तथा ओकलाहामा अक्टोबर २९ तारिख कार्यक्रम गर्ने भएको छ l

कार्यक्रम हुने स्थान तथा समयको जानकारी पछि दिने थ्रीई इन्टरटेनमेन्टका सुरेश सापकोटाले दिएका छन् l अर्का आयोजक मध्ये कै एक राम चन्द्र खरेलले यस कार्यक्रममा समाजमा बिशेष योगदान गर्ने एक महिलालाई सम्मान समेत गर्ने र उक्त जिम्मा समितिले गर्ने बताए l

वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रम निकै राम्रो र बिशेष महिला कलाकारहरुको बिशेष प्रस्तुति रहने भएकोले अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई उनीहरुलाई हौशला प्रदान गर्न कार्यक्रममा आउन आग्रह गरेको छ l

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com