कोलम्बिया विश्वविद्यालयबाट ४०० मिलियन डलर संघीय फन्ड तुरुन्तै निकाल्ने ट्रम्प प्रशासनको निर्णय


प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

Trump

अमेरिकामा ट्रम्प प्रशासनले कोलम्बिया विश्वविद्यालयबाट ४०० मिलियन डलर संघीय फन्ड तुरुन्तै निकाल्ने निर्णय गरेको छ ।

यो विश्वविद्यालयले क्याम्पसमा यहूदी विद्यार्थीहरूसँग भएको विरोध र उत्पीडनको विरुद्ध पर्याप्त कदम चाल्न असफल भएको भन्दै ट्रम्प प्रशासनले फण्ड निकाल्ने निर्णय गरेको हो ।

यहूदी विद्यार्थीहरूका विरुद्ध लगातार उत्पीडनको सामना गर्दा विश्वविद्यालयको निरन्तर निष्क्रियताको कारण फन्ड कटौती गर्ने निर्णय भएको चारवटा संघीय एजेन्सीहरूको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

न्यूयोर्कको यो विश्वविद्यालय प्रोप्यालेस्टिनी विरोधका कारण गत वर्ष चर्को विरोधको केन्द्रबिन्दु बनेको थियो । साता अघि राष्ट्रपति ट्रम्पले अवैध विरोध गर्न दिने विद्यालय र विश्वविद्यालयहरूबाट फन्ड निकाल्ने धम्की दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शिक्षा मन्त्री लिंडा म्याकम्यानले विश्वविद्यालयका अधिकारिकहरूले क्याम्पसमा लगातार हिंसा, धम्की र यहूदी विरोधी उत्पीडनका शिकार भएका यहूदी विद्यार्थीहरूलाई नजरअन्दाज गरेको आरोप लगाइन ।

कोलम्बिया विश्वविद्यालयका प्रवक्ताले विश्वविद्यालयले संघीय फन्ड पुनर्स्थापित गर्न सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको बताएका छन ।

कोलम्बिया विश्वविद्यालय अमेरिकाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरू मध्ये एक हो । यसमा लगभग ३० हजार विद्यार्थी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com