रुस र युक्रेन दुबैसँग शान्ति वार्ताको विकल्प नरहेको राष्ट्रपति ट्रम्पको भनाई
प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार
Trump
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुबैसँग शान्ति वार्ताका लागि विकल्प नभएको बताएका छन । उनले दुबै देशले सम्झौता गर्न चाहिरहेको समेत बताएका छन ।
ओभल हाउसमा उनले भने ‘युक्रेन सम्झौतामा जानेछ किनकी तिनीहरुसँग विकल्प पनि छैन’ ।
उनले युद्ध अन्त्य गर्नका लागि भइरहेको वार्ताहरुको प्रगती पनि पत्रकारलाई सुनाएका थिए । रुस पनि वार्तामा आउँछ किनकी उ संग पनि वार्ताको विकल्प छैन ट्रम्पले भनेका छन ।
रुस र युक्रेन दुबैसँग शान्ति वार्ताको विकल्प नरहेको भन्दै राष्ट्रपति ट्रम्पले शान्तिले विश्वलाई फाइदा पुराउने बताए ।
अमेरिकी प्रतिनिधिमण्डलले युक्रेनी अधिकारीसँग साउदी अरवमा भेट्ने योजना बनाएको उनले बताए ।
यो भेट अर्को हप्ता हुने र यसबाट केहि निकास निस्कनसक्ने र्सभावना रहेको ट्रम्पले बताए ।
अर्को साता भेट गर्ने भन्ने सुचनालाई जेलेन्स्कीले पनि पुष्टि गरेका छन ।
अघिल्लो साता ओभलमा भएको वार्ता तनावपूर्ण भएपनि अमेरिकी व्यवहार कठोर भएको छ । युक्रेनलाई दिदै आएको सैन्य सहयोग र गुप्तचर सुचना दिन अमेरिकाले बन्द गरेको छ ।
अमेरिकी सहयोग रोकिएपछि युक्रेनमा समस्या पनि बढ्दै जाने संभावना छ । किनकी रुसले युक्रेनमा हमला गरेको दिन देखि नै अमेरिकाले यु्क्रेनलाई सैन्य सहयोग दिइरहेको थियो ।






