राजदूत वलीद्वारा लाओसका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस


प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार

थाइल्यान्डको लागि नेपाली राजदूत धनबहादुर वलीले लाओसका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

लाओसको राजधानी भेन्टियानमा रहेको राष्ट्रपति भवनमा एक कार्यक्रमकाबीच लाओस् जनवादी गणतन्त्र (पीडीआर)का राष्ट्रपति थोंगलुन सिसोलिथसमक्ष नेपालका असाधारण र पूर्णाधिकारी राजदूतको रूपमा वलीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

सो क्रममा राजदूत वलीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र नेपालीको तर्फबाट राष्ट्रपतिको सुस्वास्थ्य र खुसीसँगै लाओस् पीडीआरका जनताको निरन्तर प्रगति र समृद्धिको लागि अभिवादन र शुभकामना व्यक्त गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, लाओसका राष्ट्रपति सिसोलिथ सिसोलिथले राजदूतलाई बधाई दिँदै नेपालका राष्ट्रपतिको व्यक्तिगत सुस्वास्थ्य र खुसीको साथै नेपालीहरूको प्रगति र समृद्धिको लागि शुभकामना व्यक्त गरे । उनले आगामी दिनहरूमा दुई देशहरू बिचको मैत्रीपूर्ण, सौहार्दपूर्ण र सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा राजदूत वलीले परराष्ट्र मन्त्री थोङ्साभान्ह फोम्विहाने, परराष्ट्र उपमन्त्री मेथोङ थाम्माभोङ्सा र उच्च सरकारी अधिकारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटघाटका क्रममा दुई देशहरू बीच व्यापार, पर्यटन, शिक्षा, जनस्वास्थ्य क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने लगायत द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा छलफल भएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com